रुमबाट चरेस बनाउने औजार बरामद

Add Samajik bikash office

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–२ रुमबाट चरेस बनाउने औजार बरामद भएको छ ।

बेनी नगरपालिका–८ कालीपुलबाट फागुन ४ गते चार किलोग्राम ४६ ग्राम चरेस सहित पक्राउ परेका मालिका–२ रुमका ३४ वर्षीय तिलक बि.क.लाई अनुसन्धान गर्ने क्रममा मेसिन समेत फेला परेको हो । हिरासतमा रहेका बिकले चरेस उत्पादन गर्ने मेसिन र कच्चा पदार्थहरु घर नजिकैको जंगलमा लुकाएर राखेको बयान दिएका थिए ।

Bhautik ministry notice about road
Shreekrishna hardwear in news

बयानको आधारमाप प्रहरी अधिकृतको टोलीले खोजतलास गर्ने क्रममा चामलको खाली बोरा भित्र लागु औषध चरेश बनाउने फलामको मेसिन, कच्चा पदार्थ र ठूलो परिमाणमा पलास्टिकका झोलाहरु बरामद गरिएको प्रहरी निरीक्षक कुमार गुरुङले बताउनुभयो ।

विशेष सूचनाको आधारमा तलासी पुर्जी दिएर विकको शरिर तलासी लिने क्रममा झोला भित्र राखेको अवस्थामा चरेस फेला परेको थियो । विकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो । म्याग्दीमा लागू औषध नियन्त्रणमा जोड दिएको उहाँको भनाई छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...