गजुरमुखीका कर्मचारीलाई कुटपिट

Gandaki Pardesh notice

बेनी, । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनी कर्मचारीमाथी मंगलबार कुटपिट भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गा देखि मुस्ताङको कैकुखोला खण्डको ठेकेदार कम्पनीको दाना स्थित साइट अफिसको स्टोरमा काम गर्ने कर्मचारीलाई व्यवस्थापन तहका अर्का कर्मचारीले मुक्का प्रहार गरेका हुन् ।

प्रत्यक्षदर्शी स्थानीयबासीका अनुसार मुक्का प्रहार हुँदा स्टोर शाखामा काम गर्ने कर्मचारीको अनुहार रगताम्मे बनेको र सुन्निएको छ । कुटपिटको बिरोध र दोषीलाई कारबाहीको माग गर्दै बुधबारदेखि गजुरमुखीका कर्मचारी र मजदुरहरुले सडक निर्माणको काम ठप्प पार्ने घोषणा गरेका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सडक आयोजनामा कार्यरत गजुरमुखीका सुपरभाईजर इन्द्रसिंह शेरचनले पिडित कर्मचारी र मजदुरहरु हडतालको तयारीमा रहेको बताउनुभयो । गजुरमुखीले तीन वर्षसम्म काम गरेको तलब नदिएको गुनासो शेरचनले बताउनुभयो ।

गजुरमुखीमा डोजर, ब्याकुहोलोडर, टिप्पर, ग्रेडर, रोलर, ट्याक्टर चालक, प्रशासन र सुपरभाइजर गरि ५० जना मजदुर तथा कर्मचारीहरु छन् । आन्दोलनका कारण करिब दुई वर्षपछि सूचारु भएको सडक निर्माण प्रभावित हुने जोखिम बढेको छ ।

दाना प्रहरी चौकीको टोलीले घटनाको बारेमा जानकारी लिएर गएको थियो । जिल्ला प्रहरी कार्यालयले भने यस विषयमा जानकारी आइनसकेको बताएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...