मराङको वडा कार्यालयद्धारा दिर्घसेवी शिक्षकलाई सम्मान

Gandaki Pardesh notice

मराङ, । म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर –६ को कार्यालयले दिर्घसेवी दुई जना शिक्षकलाई सम्मान गरेको छ ।

वडा कार्यालयको आयोजनामा आइतबार राम्चे आधारभूत विद्यालयमा भएको अन्तर विद्यालय स्तरीय विविध खेलकुद कार्यक्रममा शिक्षक भेषनाथ उपाध्याय (गौतम) र खडानन्द शर्मालाई सम्मान गरिएको हो ।

Bhautik ministry notice about road

३२ वर्षदेखि शिक्षण पेशामा आवद्ध गौतम कल्लेनी आधारभूत विद्यालयको प्रअ हुनुहुन्छ भने शर्मा जनविकास माविमा अध्यापन गर्नुहुन्छ । लामो समयसम्म अध्यापन गरेर वडाको शैक्षिक विकास र सामाजिक गतिबिधिमा योगदान गरेकाले सम्मान गरिएको वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो ।

Shreekrishna hardwear in news

वडा अध्यक्ष सुवेदी, गाउँपालिकाको शिक्षा शाखाका प्रमुख ख्यामराज सुवेदी, वडा सचिव विशाल रोकाय लगायत जनप्रतिनिधिहरुले प्रशसापत्र, दोसल्ला ओडाएर गौतम र उपाध्यायलाई सम्मान गर्नुभएको थियो ।

सोही कार्यक्रममा धवलागिरी गाउँपालिकाको वडा नम्बर ६ साविक मराङ गाविसमा रहेका विद्यालयका बालबालिकाहरुको प्रतिभा प्रस्फुटनका लागि विबिध खेलकुद प्रतियोगिता पनि गरिएको वडा अध्यक्ष सुवेदीले बताउनुभयो । हरेक वर्ष फरक फरक विद्यालयमा कार्यक्रम गरिदै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...