धवलागिरीको पालिका स्तरीय अस्पतालका ठेकेदार दुई वर्षपछि काममा फर्किए

Gandaki Pardesh notice

ताकम । म्याग्दीको ताकममा निर्माणाधिन धवलागिरी गाउँपालिका स्तरीय अस्पताल भवन निर्माण कार्य दुई वर्षपछि सुचारु भएको छ ।

वि.स. २०७८ फागुन महिनादेखि रोकिएको अस्पताल भवन निर्माणको जिम्मेवारी लिएका व्यवसायीले दुई वर्षपछि आइतबारदेखि अधुरो भवन सम्पन्न गराउन काम थालेका हुन् । धवलागिरी गाउँपालिका–७ ताकमका वडा अध्यक्ष अशोक खत्रीले धेरै प्रयासपछि काममा फर्किएका निर्माण व्यवसायीले सामग्री ल्याएका र ढलानको तयारीका लागि फर्मा राख्न थालेका जानकारी दिनुभयो ।

ताकममा पाँच शैया क्षमताको अस्पताल भवन निर्माणका लागि वि.स. २०७८ वैशाखमा बिएम–आइएस–एसी जेभी बुर्तिवाङले ठेक्का लिएको थियो । वि.स. २०७८ असोजमा भवन निर्माण शुुरु गरेको थियो । मुख्य ठेकेदारनै काममा आएर भवन निर्माणलाई पूर्णता दिन लागेका हुन् ।

Shreekrishna hardwear in news

गत वर्षको फागुन चैतमा केही दिन आएका निर्माण व्यवसायी स्थानीयबासीसँगको लेनदेन विवादका कारण काम गर्न नसकेर फर्किएका थिए । भवन निर्माण स्थल झार र झाडीमा परिणत भएको छ ।

Bhautik ministry notice about road

रु. चार करोड ७९ लाख ४० हजार ३३४ मा ठेक्का सम्झौता भएको भवन २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । हालसम्म एक चौथाई २५ प्र्रतिशत भवन निर्माण सकिएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख लोकेन्द्र रावलले बताउनुभयो ।

दुई तले १६ कोठे दुई तले भवन निर्माण गर्न लागिएको हो । आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डारण, उपचारका लागि छुट्टा–छुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो । समयमै भवन नबन्दा अस्पताल सञ्चालनको तयारी प्रभावित बनेको छ ।

ठेकेदार कम्पनीले जग्गा व्यवस्थापन सकेर पिल्लर ठड्याइ भुइँ ढलान डिपिसीको काम गरेको छ । पर्खाल निर्माण र भुई तला ढलान गर्न तयारी थालेका हुन् । गत वर्ष बिनियोजन भएको रु. एक करोड पचास लाख बजेट फिर्ता भएको थियो । निर्माण कम्पनीले गाउँपालिकाबाट १९ प्रतिशत अथवा रु. ९२ लाख ५० हजार रकम भुक्तानी लगेको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार ताकममा भवन निर्माण हुन लागेको हो ।

भौगोलिक विकटता र निर्माण सामग्री ढुवानीमा समस्याका साथै व्यवसायीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा भवन निर्माणमा ढिलाई भएको छ । निर्माण व्यवसायीका प्रतिनिधी र स्थानीयबासीबीचको लेनदेन विवाद सहजिकरण गरेर काममा फर्काएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । निर्माण कार्य सूचारु नगरे धरौटी जफत गर्ने, ठेक्का तोड्ने र कालोसूचीमा राख्न गर्ने चेतावनी दिइएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...