बेनी–दरवाङ–ढोरपाटन सडकलाई मध्य पहाडीको बैकल्पिक राजमार्ग बनाउन सांसद गर्बुजाको माग

Gandaki Pardesh notice

बेनी, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले म्याग्दी–बागलुङ –पुर्वी रुकुम जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रतिनिधी सभाको आइतबार बसेको बैठकमा म्याग्दीबाट निर्वाचित सांसद खमबहादुर गर्बुजाले गर्नुभएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री दाहालले पुर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रक्रीया अघि बढेको जानकारी दिनुभयो ।

“बेनी–दरवाङ–ढोरपाटन सडकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रक्रीया अघि बढेको छ,” प्रधानमन्त्रीले भन्नुभयो “साथै म्याग्दी लगायत हिमाली जिल्लाहरुले राज्यबाट विशेष सहुलियत पाउनुुपर्छ भन्नेमा सरकार सकारात्मक रहेको जानकारी गराउदछु ।”

Shreekrishna hardwear in news

सांसद गर्बुजाले वि.स. २०७६ मा म्याग्दीलाई नेपालको २१ औ हिमाली जिल्लामा सुचिकृत गरेपनि स्थानीय तहहरुले पाउने बजेट, यहाँका नागरिक र कर्मचारी, सेना, प्रहरीले सुविधा पाउन नसकेको, मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–ढोरपाटन सडक ओझेलमा परेको र सेवा निवृत्त ब्रिटिस गोर्खा सैनिकहरुको समस्यामा विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।

भौगोलिक रुपमा म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकाका बासिन्दा लाभान्वित हुने र दीर्घकालीन रुपमा राष्ट्रिय महत्व राख्ने बेनी–दरवाङ–ढोरपाटन सडकको म्याग्दी तर्फ थप १९ किलोमिटर मार्ग खोल्न बाँकी छ ।

काठमाडौ र पोखरा देखि बेनी हुदै ढोरपाटन र पुर्वी रुकुम जोड्ने यो छोटो दुरिको सडक भएको सांसद गर्बुजाले बताउनुभयो । बेनी देखि मुना हुदै खोरीयासम्म ५० किलोमिटर सडकको मार्ग खुलीसकेको र ढोरपाटन देखि जलजला सम्म पनि १० किलोमिटर कच्चि सडक बनेको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले बताउनुभयो ।

“बेनी देखि दरवाङ–मुना–जलजला–ढोरपाटन हुदै पुर्वी रुकुमको टकसेरा जोड्ने सडकको मार्ग खोल्ने काम सकिए मध्य पहाडी लोकमार्गको बागलुङ खण्ड भन्दा ७० किलोमिटर दुरी छोटिन्छ,” उहाँले भन्नुभयो “पुर्वी रुकुमको टकसेरा देखि ढोरपाटनको निसिलढोरसम्म ८ किलोमिटर सडकले जोडिन बाँकी छ ।”

Bhautik ministry notice about road

१९ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन बनाएर प्रदेश र संघीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरिएको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

म्याग्दीका सरोकारवालाले खोरीया पुगेको सडकलाई ढोरपाटन हुँदै पुर्वी रुकुम जोडेर मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रुपमा यो सडकलाई प्रयोगमा ल्याउन लुम्बिनी प्रदेश र पुर्वी रुकुमका जनप्रतिनिधिसँग छलफल र पहल थालेका छन् ।

गण्डकी प्रदेश सरकारले बेनी–दरबाङ–धारापानी–ताकम–मुना सम्मको सडक कालोपत्रे गर्ने र मुना देखि जलजला हुँदै ढोरपाटनलाई सडकले जोड्ने योजनालाई प्राथमिकता दिएर संघीय सरकारलाई सिफारिस गरेको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बताउनुभयो । सडक यातायातसँगै पर्यटन विकासका हिसाबले पनि यो मार्गको आवश्यकता देखिएको उहाँको भनाई छ ।

“म्याग्दी हुदै ढोरपाटन पुगेर बुर्तीबाङ हुदै लुम्बीनी र पोखरा पुग्ने पर्यटन मार्ग पनि बन्ने भएकाले यो सडकलाई प्रदेशको महत्वपूर्ण योजनामा समेटेका छौ,” उहाँले भन्नुभयो “बेनी देखि दरवाङ हुदै धवलागिरी गाउँपालिकाको केन्द्र मुना सम्मको सडक कालोपत्र गर्ने योजना अघि बढेको छ । ढोरपाटनलाई सडकले जोड्ने योजनाका लागि संघीय सरकारलाई प्रस्ताव गरेका छौ ।”

प्रदेश सरकार मार्फत बेनी देखि मंगला गाउँपालिका–२ सिमसम्म १२ किलोमिटर ५०० मिटर सडक कालोपत्र भइसकेको छ । सिम देखि लाम्पाटा–४ किलोमिटर र लाम्पाटा देखि दरवाङको ८ किलोमिटर सडक कालोपत्र गर्न सञ्चालित योजना निर्माणले तिब्रता पाएको छ । दरवाङ देखि धारापानीसम्म ७ किलोमिटर सडक ग्राभेल भएको छ ।

दरवाङ–मुना जोड्ने १८ किलोमिटर सडक कालोपत्र गर्न रु. एक अर्ब ६६ लाख लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन तयार भएको धवलागिरी गाउँपालिकाले जनाएको छ । बि.स. २०६४ मा मार्ग खुलेको २४ किलोमिटर दुरिको बेनी–दरवाङ सडक वि.स. २०७४ देखि स्तरोन्नतिको काम थालिएको थियो ।

पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको यो सडक खण्डलाई अहिले निकै चासोका साथ हेरिएको छ । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पुर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको बाँकी मार्ग खोल्ने, विस्तारसँगै मर्मत, स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...