बराहपाखोमा अग्नीरेखा सहितको बहुउद्देश्यीय पदमार्ग निर्माण

Gandaki Ghumau

बेनी, म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको बराहपाखो सामुदायिक वनमा बहुउद्देश्यीय पदमार्ग निर्माण थालियो छ । आगोलागी नियन्त्रण र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले अग्नीरेखा सहितको पदमार्ग निर्माण भएको हो ।

‘राउण्ड बेनी, भ्यु बेनी’ पदमार्ग योजना अन्तरगत चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले बिनियोजन गरेको रु. ५ लाख र रु. पचपन्न हजार बराबरको श्रमदानमा १७० मिटर पक्कि पदमार्ग निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष बिष्णु प्रसाद गौतमले बताउनुभयो ।

“पाखोमा रहेको वनभित्र निर्माण हुन थालेको पदमार्गबाट बेनी बजार हेर्दै फन्को मार्न सकिन्छ,” उहाँले भन्नुभयो “डढेलो नियन्त्रणको लागि अग्नी रेखाको पनि काम गर्ने पदमार्ग निर्माणलाई निरन्तरता दिएर महारानी थानदेखि क्याम्पसचोक जोड्ने योजना छ ।”

Shreekrishna
Gunasthariya Shiksya

विहान बेलुकी घुम्न निस्कने, बनभोजस्थलमा जाने र बराहपाखो क्षेत्रमा रहेको बेनी खानेपानीको ट्यांकी, पूरानो खानेपानीको मुल मर्मतका लागि समेत पदमार्ग बनेपछि सहज भएको छ ।

बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले पुराना पदमार्गलाई मर्मतसम्भार र नयाँ ट्रयाक खोल्ने काम पनि सँगसँगै गरिएको बताउनुभयो । सामुदायिक बनभित्र करिब १ किलोमिटर पदमार्गको सञ्जाल बनाउने उहाँले बताउनुभयो ।

पदमार्गले अग्नीरेखाको पनि उपयोग हुनेगरि पक्की ढलान सहितको पदमार्ग बनेको छ । गर्मीयाम शुरु भएसँगै आगलागीको जोखिम कम गर्न समेत पदमार्गले अग्नीरेखाको काम गर्ने गरेको छ ।

बराहपाखो साामुदायिक बनमा बाक्लो मात्रामा सल्ला रहेकाले आगो छिटो फैलिन सक्ने खतरालाई समेत पदमार्गले न्यूनिकरण गर्नेछ । बराहपाखो सामुदायिक बनको माथिल्लो क्षेत्रमा वडा नं ८ बाट साइकल लेन ल्याउने र तल्लो क्षेत्रमा पदमार्ग बनाउने बाहेक अन्य संरचनाहरूलाई प्राथमिकता नदिइएको वडा कार्यालयले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...