बाबियाचौर–काफलचौर–सल्यान–भर्जुुला सडक स्तरोन्नति शुरु

Gandaki Pardesh notice

बाबियाचौर, म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौर–काफलचौर–सल्यान–भर्जुुला सडक मार्ग खुलेको १३ वर्षपछि स्तरोन्नति गर्न थालिएको छ ।

यो सडक मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नम्बर १ र २ का बस्तिहरु जोडिन्छ । वि.स. २०६७ मा स्थानीय बासीहरुले चन्दा संकलन गरेर मार्ग खुलेको सडक १३ वर्षपछि स्तरोन्नति हुन थालेको सल्यानका बासिन्दा राजकुमार अधिकारीले बताउनुभयो ।

“चन्दा र तत्कालीन गाविस–जिविसको बजेट परिचालन गरेर मार्ग मात्र खोलिएको सडक साघुरो, ग्रेड र घुम्ती नमिलेका कारण दुर्घटनाको जोखिम थियो,” उहाँले भन्नुभयो “सडक स्तरोन्नति भएपछि यात्रा अवधि छोटिने, सुरक्षित र सहज रुपमा आवत जावत गर्न सकिनुका साथै गाडी र ढुवानी भाडा घट्ने अपेक्षा गरेका छौ ।”

Shreekrishna hardwear in news

सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्ष २०८०÷०८१ मा गण्डकी प्रदेश सरकारले रु. साठी लाख र मंगला गाउँपालिकाले रु. चालीस लाख बिनियोजन गरेका छन् । गत पुष ५ गते रु. ७१ लाख ४० हजार ५७६ मा ठेक्का सम्झौता गरेको जयदुप्चे निर्माण सेवाले सडक निर्माणलाई तिब्रता दिएको मंगला गाउँपालिकाका सवईञ्जिनियर तथा पूर्वाधार शाखा प्रमुख रुपेन्द्र अधिकारीले बताउनुभयो ।

Bhautik ministry notice about road

“काफलचौर–सल्यान खण्डको अप्ठ्यारो सडक विस्तार, ग्रेड र घुम्ती सुधार गरि नाली, पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ,” उहाँले भन्नुुभयो “६ मिटर चौडाईका दरले २५० मिटर लम्बाईमा सडक ढलान गर्ने तयारी भएको छ ।” ढलानका लागि शुक्रबारदेखि सो सडकमा सवारी साधन आवत जावत बन्द गरिएको छ ।

आगामी असार १० गतेसम्मको ठेक्का अवधी भएपनि लक्ष्य भन्दा तीन महिना अगाडीनै फागुन महिनाभित्र सम्पन्न गर्ने तयारी सहित उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको दुप्चेश्वर निर्माण सेवाका सुपरभाइजर श्यामहरी पण्डीतले बताउनुभयो ।

यो सडक काफलचौर, सल्यान, भरजुला, थाइवाङ, भाइवाङ र हिदीका करिब एक हजार घरधुरीले प्रयोग गर्छन् । सडकको प्रवेश बिन्दुमा पर्ने काफलचौर क्षेत्रमा गत वर्ष रु. पचास लाख बजेटमा उपभोक्ता समिति मार्फत १७८ मिटर ढलान भएको मंगला गाउँपालिका–२ का वडा अध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताउनुभयो ।

यो सडकको भरजुला–थाइवाङ खण्डमा गण्डकी प्रदेश सरकार अन्र्तगतको पूूर्वाधार विकास कार्यालय मार्फत रु. ३० लाख बजेटबाट ढलान सहितको स्तरोन्नतिको लागि ठेक्का प्रक्रीया अघि बढेको छ ।

गाउँपालिकाले ठेक्का लगाउदा बचेको रु. ९ लाख बजेट काफलचौर–सल्यान खण्डको स्तरोन्नतिका लागि बिनियोजन गरेको छ । यो मंगला गाउँपालिकाको केन्द्र देखि बस्ती जोड्ने प्राथमिकताप्राप्त आयोजना भएको वडा अध्यक्ष खाती क्षेत्रीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...