म्याग्दीको बगर गाउँकी गर्भवतिको हेलिकप्टरबाट उद्दार

Gandaki Pardesh notice

बेनी, भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको बगरबाट जटिल अवस्थाकी एक जना गर्भवतिको शुक्रबार हेलिकप्टर मार्फत उद्दार गरिएको छ ।

सडक सुविधा नपुगेको बगर गाउँकी ३८ वर्षीया तुलसा बुढाथोकीलाई गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र धवलागिरी गाउँपालिकाको समन्वयमा एयर डाइनेष्टिको हेलिकप्टरबाट उद्दार गरेर पोखरा लगिएको हो ।

धवलागिरी गाउँपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक अनिषा आचार्यले बिहिबार साँझ ६ बजेदेखि प्रसुति ब्यथाले थलिएकी बुढाको पेटमा रहेको बच्चाको धड्कन पनि अनियमित भएकाले तत्कालै हेलिकप्टर मगाएर पोखरा लगिएको बताउनुभयो ।

Shreekrishna hardwear in news

“पाठेघर खुल्न ढिलाई, रक्तचाप कम हुदै गएको र बच्चाको घड्कन अनियमित भएको हुँदा हेलिकप्टर बोलाएर पोखरा पठाएका थियौ,” उहाँले भन्नुभयो “पोखराको गण्डकी अस्पतालमा अपराहन्न बुढाथोकी सुरक्षित रुपमा प्रसुति हुनुभएको छ ।”

Bhautik ministry notice about road

गण्डकी अस्पतालका डाक्टर पुनम पाठकले भ्याकुम प्रविधिको प्रयोग गरेर बुढाथोकीलाई प्रसुति गराइएको बताउनुभयो । बुढाथोकीले ३.५ किलोग्राम तौल भएको छोरा जन्माउनु भएको हो । बच्चा र आमाको अवस्था सामान्य रहेको डाक्टर पाठकले बताउनुभयो ।

तुलसाका श्रीमान लीलबहादुर बुढाथोकीको उच्च रक्तचापका कारण केही दिनअघि मृत्यु भएको थियो । तुलासाले तेस्रो सन्तान जन्माउनु भएको हो । बुढाथोकीका दुई जना छोरी छ । यसपाली पाँचौ पटक सुत्केरी हुनुभएको हो । तुलासालाई गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खडाले अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ ।

गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको ‘एयर लिफ्टीङ’ कार्यक्रम प्रभावकारी बनेको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका जटिल अवस्थाका गर्भवति र सुत्केरीको समयमै उद्दार गरि अस्पताल पु¥याएर ज्यान बचाउन कार्यक्रम सफल भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...