जलजला–४ को नयाँ वडा कार्यालयबाट सेवा शुरु

Gandaki Pardesh notice

बेनी, । जलजला गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयले बिहिबारदेखि नयाँ भवनबाट सेवा शुरु गरेको छ ।

फट्के ढुङ्गामा निर्माण भएको नयाँ भवनबाट औपचारिक रुपमा सेवा शुरु गरिएको हो । वडा अध्यक्ष भरत क्षेत्रीले आफ्नै भवनबाट सेवा सञ्चालन गर्न सहज भएको बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य (आकाश)को उपस्थितिमा कार्यालय भवनबाट सेवा शुभारम्भ गरिएको थियो । दुई तले भवनमा वडा अध्यक्ष, सचिव, वडा सदस्यहरु, प्राविधिक, स्टोर र बैठक कक्ष रहेको छ ।

Shreekrishna hardwear in news

संघीय सरकारसँगको लागत साझेदारीमा गत आर्थिक वर्षमा वडा नम्बर १, ४, ५, ६, ७ र ९ को भवन निर्माण शुरु भएको थियो । आर्थिक वर्ष २०७८÷०७९ मा शुरु भएको वडा नम्बर २ र ८ को पनि भवन निर्माण सकिएको छ । वडा नम्बर ८ ले नयाँ भवनबाट सेवा शुरु गरिसकेको छ ।

Bhautik ministry notice about road

बाँसखर्क, फट्केढुङ्गा, लेकफाँट, शालिजा, धाइरीङ र बनौमा वडा कार्यालय निर्माण भएका हुन् । कुल चार करोड ३३ लाख १७ हजार लागत अनुमान गरिएको भवन निर्माणका लागि जयलक्ष्मी–अभिनव जेभी बाग्लुङले रु. तीन करोड २६ लाख सात हजार ५५१ मा ठेक्का सम्झौता गरेको थियो ।

जलजला गाउँपालिकाको ९ वटै वडाको आफ्नै भवन बनेका उपाध्यक्ष आचार्यले बताउनुभयो । मल्लाजमा रहेको वडा नम्बर ३ को कार्यालय तत्कालीन मल्लाज गाविसको भवनबाट सञ्चालन भएको छ ।

यसअघि सामुदायिक भवन र निजी घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गरिएको थियो । लामाखेतमा रहेको गाउँपालिकाको कार्यालय भने भाडाको घरबाट सञ्चालन भइरहेको छ । स्टोर र आवासका लागि लामाखेतमा निर्माण थालिएको भवनलाई प्रशासनिक काममा प्रयोग गरिने गाउँपालिकाले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...