वारीबेनीका ८ सहित जलजलाका १२ जनामा कोरोना पुष्टि

Gandaki Pardesh notice

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँग सिमाना जोडिएको पर्वतको वारीबेनीका ८ जना सहित जलजला गाउँपालिकामा १२ जनामा बिहीबार कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ ।

पोखरा स्थित प्रयोगशालामा गरिएको स्वाबको नमुना परिक्षणका क्रममा जलजला गाउँपालिका–३ वारी बेनीका ८, वडा न.–७ का १ र कुश्मा नगरपालिका १० का १ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

Bhautik ministry notice about road

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार जलजला–२ का वर्ष ३५ र ४५ का दुई जना महिला, वडा न. ३ का वर्ष ६६, ४२, ३८, ५७, ७४, ३२, ३८ र २८ का पुरुषमा कोरोना पुष्टि भएको छ । यसैगरी जलजला–७ ठेगाना भएका वर्ष २८ का पुरुष र जलजला–९ बनौ स्वास्थ्य चौकीमा कार्यरत कुश्मा नगरपालिका ठेगाना भएका वर्ष २२ का पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

Shreekrishna hardwear in news

उनिहरुको कात्तिक १७ गते वारीबेनीमा स्वाब संकलन गरेर परिक्षणका लागि पठाइएको थियो । वारीबेनीका संक्रमित मध्य तीन जना त्यहाँ रहेका बैंकका कर्मचारी रहेका छन् । समुदायका व्यक्तिहरुमा कोरोना संक्रमण हुन थालेपछि अनावश्यक आवत जावत, भिड नियन्त्रण गरि कोरोना फैलिन नदिन मंगलबारदेखि गाउँपालिका र बजार क्षेत्र बन्द गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...