गुर्जामा स्वास्थ्य चौकीको भवन निर्माण

Gandaki Pardesh notice

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा स्वास्थ्य चौकीको सुविधासम्पन्न भवन निर्माण भएको छ ।

संघीय सरकारको समपुरक अनुदानमा धवलागिरी गाउँपालिकाले गुर्जामा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो । म्याग्दीको ६ वटा स्थानीय तहको ४५ वटा मध्य सडक यातायातको सुविधा नभएको वडा गुर्जा मात्र हो ।

५ वटा कोठा र एक तले भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्री रहेको धवलागिरी गाउँपालिकाका पूर्वाधार शाखाका प्रमुख लोकेन्द्र रावलले जानकारी दिनुभयो । भवन निर्माणका लागि रु. एक करोड ३९ लाख ५९४ मा ठेक्का लिएको पौडेल निर्माण सेवा बाग्लुङले रु. एक करोड १७ लाख ३४ हजार ११७ भुुक्तानी पाएको उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news

बिरामीको स्वास्थ्य परीक्षण, उपचार, औषधी भण्डारण, प्रसुति, प्रशासनका लागि छुट्टा छुट्टै कक्ष रहेका छन् । निर्माण सकिएपछि स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा सञ्चालन गरिएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

“यसअघि कच्चि र जिर्ण भवनको साघुुरा कोठामा स्वास्थ्य चौकी सञ्चालन गर्न भएको थियो,” उहाँले भन्नुभयो “नयाँ भवन बनेपछि सेवाग्राही र स्वास्थ्यकर्मीहरुलाई सहज भएको छ ।” अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जामा २५० घरधुरी छन् । गुर्जा पुग्न छिमेकी गाउँ लुुलाङबाट पुरै दिन जंगल र भिरको बाटोमा पैदलयात्रा गनुपर्छ ।

Bhautik ministry notice about road

धवलागिरी गाउँपालिकामा पछिल्लो एक वर्षयता रु. दुई करोड ७३ लाखको लागतमा गुुर्जा र मुनामा स्वास्थ्य चौकी, ताकम र लुलाङमा वडा कार्यालय भवन निर्माण भएको छ । ाहिमालयन बिल्डर्स एण्ड सप्लायर्स प्रा.लीले रु. ३९ लाख ७२ हजार ८१ मा ठेक्का लिएको मुना स्वास्थ्य चौकीको दुई तले सभाहल सहित ९ कोठे भवन निर्माणमा पछिल्लो पटक रु. ३७ लाख पाँच हजार २०६ खर्च भएको छ ।

थापा निर्माण सेवाले ठेक्का पाएको लुलाङ वडा कार्यालय भवन निर्माणमा रु. ५७ लाख ५९ हजार ६९७ खर्च भएको सवईञ्जिनियर रावलले बताउनुभयो । यसअघि रु. ४७ लाख खर्च भएको ताकम वडा कार्यालयको भवन लाई पूर्णता दिन पछिल्लो पटक थप रु. १४ लाख ५९ हजार ५९२ खर्च भएको छ ।

लुलाङको वडा कार्यालय वि.स. २०७७ र अन्य तीन वटा भवन २०७८ मा निर्माण शुरु भएको थियो । घट्टेखोलामा गाउँपालिकाको प्रशासकीय, ताकममा पाँच शैया क्षमताको अस्पताल, मुदीमा स्वास्थ्य चौकी र मराङमा वडा कार्यालयको भवन निर्माणाधिन छन् ।

सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन गाउँपालिका, स्वास्थ्य चौकी, अस्पताल र वडा कार्यालय भवन निर्माणमा जोड दिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...