सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे निर्माण

Gandaki Pardesh notice

मुस्ताङ, मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे निर्माण भएको छ ।

स्थानीयबासी र ताल भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरेर थासाङ गाउँपालिकाले झोलुङ्गे पुल निर्माण गरेको हो । थासाङ गाउँपालिका–२ कोवाङका वडा अध्यक्ष गौतम शेरचनले रु. ४५ लाख ३२ हजार १०६ को लागतमा ८३ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको जानकारी दिनुभयो ।

“म्हरक्पुं दोङ खोलामा पुल नहुँदा बर्खामा पर्यटक र स्थानीयबासीले जोखिम मोलेर आवत जावत गर्नुपर्ने समस्या थियो,” उहाँले भन्नुभयो “पुल बनेपछि सुरक्षित आवत जावतका साथै एउटा देखि अर्को अर्को ताल पुग्न लाग्ने समय तीस मिनेटबाट ५ मिनेटमा छोटिएको छ ।”

Shreekrishna hardwear in news

कोवाङ, खन्ति, नाउरीकोट, ताङछरा, लार्जुङ लगायत वस्तिका १६० घरधुरीका साथै ताल भ्रमणमा आउने पर्यटकहरु पुलबाट लाभान्वित भएका छन् । सेकुङ र भुतर्छो तालको बिचमा म्हरक्पुं खोलाले कटान गरेर बनाएको खोचँमाथी झोलुङ्गे पुल निर्माण भएको हो ।

Bhautik ministry notice about road

स्थानीयबासी विशाल परियारका अनुसार पुल बनेपछि घुमाउरो बाटोमा खोला तरेर यात्रा गर्नुपर्ने समस्या हटेको छ । पुल निर्माणका लागि स्वाप कार्यक्रमले रु. ३४ लाख ७५ हजार ५१५, गाउँपालिकाले रु. ५ लाख ८९ हजार १७३, टिबिएसयुले रु. ३ लाख ८६ हजार ७७४ सहयोग र उपभोक्ताले रु. नब्बे हजार ६४२ बराबरको श्रमदान गरेका वडा कार्यालयले जनाएको छ ।

धवलागिरी र टुकुचे हिमालको फेदीमा रहेको सेकुङ र भुतर्छो ताल पछिल्लो समय पर्यटकीय गन्तब्यको रुपमा विकास हुन थालेको छ । दुई वटै तालको पृष्ठभुमिमा पुर्वतर्फ निलगिरि र पश्चिममा धवलागिरी हिमाल देख्न सकिन्छ ।

करिब १५० मिटर लम्बाई र बिीस मिटर चौडाई रहेको गोलो आकारको सेकुङ ताल समुन्द्रि सतहदेखि २ हजार ७२५ मिटरको उचाईमा अवस्थित छ । ताल परिसरमा चौरि, भेडाबाख्रा र गाईभैसीको चरन खर्क छ ।

समुद्रि सतहदेखि दुई हजार ६८३ मिटरको उचाईमा सल्ला र धुपीका रुखहरु रहेको जंगलको विचमा अवस्थित भुर्छतो तालको लम्बाई करिब ५ सय मिटर, चौडाई पचास मिटर र गहिराई ५ मिटर भएको अनुमान छ । थकाली भाषामा (पुच्छोर) भनेर चिनिने भुर्छतो ताल विभिन्न प्रजातीका हाँस, चरा र रतुवा मृगको बासस्थान क्षेत्र हो । सुख्खा मौसममा यस तालमा पुजाआजा गरेमा बर्षा हुने जनविश्वास छ ।

बेनी–जोमसोम सडकको ताङछर देखि तीन किलोमिटर ५०० मिटर कच्चि सडकको यात्रा गरेपछि पुगिने सेकुङ र भुतर्छो तालमा गाउँपालिकाले पदमार्ग, पर्खाल, सार्वजनिक शौचालय लगायतका पूर्वाधार निर्माण गरेको छ । सेकुङ र भुतर्छो ताल म्हरक्पुं दोङ खोलाको वारी पारी छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...