राहुघाटको अडिट २ र ३ को सुरुङ ब्रेकथ्रु को तयारी

Gandaki Pardesh notice

अडिट २ र ३ को १४ मिटर मात्र सुरुङ खन्न बाँकी

बेनी, । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको अडिट २ र ३ को सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ ।

रघुगंगा गाउँपालिकाको अधेरीखोलामा रहेको अडिट २ र पिप्लेको अडिट ३ जोड्ने तीन हजार ८३६ मिटर लामो सुरुङ खन्ने काम सकिन लागेको हो । जलविद्युत आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कार्य मानिन्छ । राहुघाटको प्रर्वद्धक नेपाल विद्युत प्राधिकरणको सत प्रतिशत लगानीमा स्थापित रघुगंगा हाइड्रोपावर लिमिटेड हो ।

Shreekrishna hardwear in news

आयोजनाका व्यवस्थापक राज विष्टले राहुघाटको अडिट २ र ३ को १४ मिटर मात्र सुरुङ खन्न बाँकी रहेको जानकारी दिनुभयो । “अडित २ र ३ जोड्ने ९९.६३ प्रतिशत अथवा तीन हजार ८२२ मिटर सुरुङ निर्माण सकिएको छ,” उहाँले भन्नुभयो “यही हप्ताभित्र ब्रेक थ्रु गर्ने तयारीमा छौ ।”

रघुगंगा गाउँपालिका–४ र ५ को सिमानामा निर्माणाधिन बाँध देखि रघुगंगा गाउँपालिका–३ तिल्केनीचौर जोड्ने छ किलोमिटर २०० मिटर लामो सुरुङ मध्य हालसम्म ९४ प्रतिशत अथवा पाँच हजार ८२० मिटर निर्माण भइसकेको छ । कुल ३८० मिटर सुरुङ खन्न बाँकी छ ।

अडिट १ र २ को दुई हजार ३३२ मिटर लामो सुरुङ मध्य ३६६ मिटर खन्न बाँकी छ । अडिट १ र बाँध जोड्ने ७७ मिटर लामो सुरुङको हालै ब्रेक थु्र भएको छ । पिप्ले स्थित अडित ३ देखि सर्ज साफ्ट जोड्ने २५ मिटर लामो सुरुङको यसअघिनै ब्रेक थ्रु भएको थियो ।

सुरुङबाट आउने पानीलाई विद्युतगृहमा खसाल्ने १९६ मिटर ठाडो सुरुङलाई फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च सफा्ट निर्माण सकिएको छ । विद्युतगृह निर्माण स्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने ३२९ मिटर वटम प्रेसर साफ्टको सुरुङ यसअघिनै जोडिएको थियो ।

Bhautik ministry notice about road

सर्ज सफा्ट देखि टप प्रेसर साफ्ट जोड्ने ५४९ मिटर मध्य ४९३ मिटर सुरुङ खनिएको र ४८ मिटर खन्न बाँकी छ । टप प्रेसर सफट देखि भर्टिकल सर्ज सफट जोड्ने १९६ र भर्टिकल प्रेसर सफट देखि वटम प्रेसर सफट जोड्ने ३१९ सुरुङ यसअघिनै निर्माण भएको थियो । बाँध, अधेरीखोला, पिप्ले र तिल्केनीचौरको चार वटा अडिटबाट राहुुघाटको सुरुङ निर्माण भइरहेको छ ।

राहुघाटको ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुभयो । “आगामी सन २०२५ मार्च महिनाभित्र विद्युत उत्पादन शुरु गर्ने कार्ययोजना सहित काम भैरहेको छ,” उहाँले भन्नुभयो “सिभिल ठेकेदार जयप्रकाश एसोशियट्सले बाँध, सुरुङ र विद्युतगृह निर्माणको कामलाई एकैसाथ तिब्रता दिएको छ ।”
बाँध निर्माण स्थलमा ११९.७ मिटर लामो, ३१ मिटर चौडाई र १६ मिटर अग्लो डिसेन्टर बनाउन थालिएको छ । ११२ मिटर लामो, ११९.७ मिटर अग्लो र पाँच मिटर फराकिलो अण्डर सुुलुुसबाट खोला डाइभर्सन गरेर डिसेन्डर बनाउन थालिएको हो ।

१७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रबिधिको बाँध निर्माणको काम ६० प्रतिशत भन्दा बढी सकिएको छ । विद्युतगृहको संरचना निर्माण सकेर टर्वाइनका उपकरण जडान गर्न थालिएको छ ।

इलेक्ट्रोमेकानीकल सम्बन्धी काम गर्न विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग ठेक्का सम्झौता भएको थियो । भेलसँगको ठेक्का सम्झौताको म्याद सन २०२४ नोभेम्बर महिनासम्म थपिएको छ ।

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना निर्माण भइरहेको छ ।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएल सँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना निर्माण अघि बढाइएको थियो ।

बि.स. २०७४ मंसिरमा रु. छ अर्बमा ठेक्का सम्झौता गरेको यस आयोजनाको सिभिल ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यस आयोजनाले वार्षिक रु. चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।

सर्वोच्च अदालतको २०७८ असार २९ को आदेस पछि कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टि र बालुवा उत्खनन् रोकिदाँ आयोजना निर्माणका लागि आवश्यक नदीजन्य कच्चा पदार्थको अभाव हुनु चुनौतिका रुपमा देखिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...