कृषि ज्ञान केन्द्र म्याग्दीद्धारा अनुदान पाउने फर्म, कृषक समूह र सहकारी संस्था छनोट

Gandaki Pardesh notice

बेनी, ः म्याग्दी जिल्लाका कृषकले चालु आर्थिक वर्ष २०८०÷०८१ मा रु. ४ करोड ४४ लाख अनुदान पाउने भएका छन् ।

कृषि ज्ञान केन्द्र म्याग्दीले अनुदानका लागि आवेदन पेश गरेका ११९ वटा कृषि फर्म, समूह र सहकारीलाई छनौट गरेको छ । ११ वटा कार्यक्रम मार्फत उनिहरुले रु. ४ करोड चवालीस लाख पचास हजार अनुदान पाउने कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले बताउनुभयो ।

Bhautik ministry notice about road

“सार्वजनिक सूचना आव्हान गरेर संकलन भएका आवेदनको स्थलगत मूल्याङ्कन गरि मापदण्डमा पर्नेलाई छनौट गरिएको हो,” उहाँले भन्नुभयो “छनौट भएकाहरुसँग सम्झौता गर्न थालिएको छ ।”

Shreekrishna hardwear in news

रु. तीन करोड बजेट बिनियोजन भएको समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवद्र्धन आयोजना अन्र्तगत खायन आलु उत्पादन कार्यक्रम कार्यान्यवनका लागि ३५ वटा कृषक समूह छनौट भएका छन् । यसअघि २० वटा समूहसँग हिउँदेआलु खेतीको कार्यक्रम सञ्चालन गरेको केन्द्रले बर्खे आलु खेतीका लागि थप १५ वटा समूह छनौट गरेको छ ।
आलु उत्पादन वृद्धि र आयात घटाउने उद्देश्यले सञ्चालित कार्यक्रम मार्फत कृषकले आलुको विउ र उपकरण खरिदमा प्रतिरोपनी रु १० हजारका दरले अनुदान पाएका छन् । रु. दश÷दश लाख बजेट बिनियोजन भएको रैथाने बाली उत्पादन र प्रशोधन तथा बजार प्रर्वद्धन कार्यक्रमका लागि ४÷४, रु. ३० लाख बजेट रहेको फलफुल बगैचा स्थापना तथा विस्तार कार्यक्रममा २६ र रु. २३ लाख बजेट भएको बगैचा सुदृढीकरण कार्यक्रममा २३ वटा फर्म छनौट भएका छन् ।
दुई वटा फर्मलाई फलफुल नर्सरी स्रोत केन्द्र स्थापना गर्न रु. बीस लाख, विउ उत्पादन प्रर्वद्धन कार्यक्रमका लागि एउटा समूहलाई रु. सात लाख पचास हजार र आलु तथा बेमौसमी तरकारी खेती कार्यक्रममा १७ वटा फर्मले रु. २८ लाख अनुदान पाउने भएका छन् ।
खाद्यान्न बाली उत्पादन कार्यक्रममा ३ वटा फर्मलाई रु. १२ लाख र बजार प्रर्वद्धन कार्यक्रममा २ वटा फर्मलाई रु. दश लाख र मसला तथा निर्यातयोग्य बाली प्रर्वद्धन कार्यक्रम मार्फत २ वटा फर्मलाई रु. ५ लाख अनुदान दिन छनौट गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...