वैवाहिक वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

Gandaki Pardesh notice

ताकम, । म्याग्दीका एक दम्पत्तीले बिवाहको बर्षगाठको अवसरमा धवलागिरी गाउँपालिका ७ मा रहेको ताकम माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।
बेनी नगरपालिका ६ थाकनपोखरी घर भई हाल बेनी बजारमा बस्नुहुुने हरिप्रसाद र उहाँकी श्रीमती चण्डीका पौडेलले आइतबार ताकम माविको बालकक्षा देखि कक्षा ५ सम्म अध्ययन गर्ने ६० जना भन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गर्नुुभएको हो ।

पौडेल दम्पत्तीले उपलब्ध गराउनुभएको रु. तेह् हजार पाँच सय मूल्य बराबरको शैक्षिक सामग्री उहाँहरुको आफन्त मार्फत विद्यार्थीलाई वितरण गरिएको ताकम माविका प्रअ ओमकार पौडेलले बताउनुभयो ।

Bhautik ministry notice about road

ताकम माइति भएकी चण्डीकाले हाल ताकम माविमा समाहित भएको तत्कालीन अन्नपूर्ण प्रा.वि.मा प्रारम्भिक शिक्षा हासिल गर्नुभएको थियो । चण्डीकाका बुवा टिकाराम अन्नपूर्ण प्रा.वी.को प्रअ हुनुुहुुन्थ्यो । चण्डीकाका श्रीमान हरिप्रसाद सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।

Shreekrishna hardwear in news

पौडेल गैरसरकारी संस्था कदमको अध्यक्ष हुनुुहुन्छ । खुुसीयालीमा हुुने फजुुल खर्च बचाएर आफूले प्रारम्भिक शिक्षा हासिल गरेको विद्यालयका गरिव, विपन्न, जेहेन्दार विद्यार्थीलाई सहयोग गरेको पौडेलले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...