लोमान्थाङ चक्रपथ आयोजनाको दश किलोमिटर स्तरोन्नति

Add Samajik bikash office

बेनी, मुस्ताङको लोमान्थाङ चक्रपथ सडकको दश किलोमिटर स्तरोन्नति भएको छ ।

गण्डकी पद्रेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रम मार्फत लोमान्थाङ चक्रपथको १०.५ किलोमिटर स्तरोन्नति भएको हो । लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने यो सडक बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक हो ।

गाउँपालिकाको केन्द्र लोमान्थाङ देखि ढिङ्गर–चुमजुङ–न्याम्डो हुदै छोसेरको नेचुङ भन्सार जोड्ने सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल गरेर स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताउनुभयो ।

Shreekrishna hardwear in news

“९५ प्रतिशत भौतिक र ७६ प्रतिशत वित्तीय प्रगति भएको यो सडकको ठेक्का टुङ्ग्याउने तयारी गरेका छौ,” उहाँले भन्नुभयो “प्राविधिक टोलीले नापचाँच सकेको छ । काम सकेको जानकारी गराएको निर्माण व्यवसायीले भुक्तानी मागेको भने छैन् ।”

Bhautik ministry notice about road

इमाटोल कन्ट्रक्सनले वि.स. २०७६ साउन ६ गते ठेक्का सम्झौता गरेको यो योजना वि.स. २०७७ फागुन ७ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पेस्कि वापत लगेको रु. ९७ लाख फिर्ता गरेर जमानत जफत र कारबाही प्रक्रीया अघि बढाएपछि निर्माण व्यवसायीले गत जेठमा काममा फर्किएर पूर्णता दिएका हुन् ।

यो सडकको निर्माण अवधि कोरोना महामारी, भौगोलिक विकटता र प्रतिकुल मौसमका कारण लम्बीएको निर्माण कम्पनीका प्रतिनिधी सुदिप खड्काले बताउनुभयो । सार्वजनिक खरिद ऐनको संसोधन भएपछि अन्तिम भुक्तानीका लागि विल पेश गर्ने उहाँले बताउनुभयो ।

रु. २१ करोड १७ लाखमा ठेक्का सम्झौता भएको सडकको भेरियसन अर्डर गर्ने क्रममा लागत बढेर रु. २४ करोड पुगेको छ । हालसम्म रु. १८ करोड भुक्तानी भइसकेको छ । सडकको घुम्ति, ग्रेड सुधार र नाली निर्माणका साथै आठ मिटरका दरले ग्राभेल भएको पूर्वाधार विकास कार्यालय मुस्ताङका सडक ईञ्जिनियर दिलिप उप्रेतिले बताउनुभयो ।

राष्ट्रिय राजमार्गको विकल्पको साथै धेरै वस्तिहरुलाई छुने भएकाले यो सडकलाई रणनीतिक महत्वको मानिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले बताउनुभयो । स्थानीयबासी, पर्यटक र ब्यवसायीहरुलाई गाउँपालिकाको केन्द्र र कोरला नाका आवत जावतका साथै ढुवानी र निकासीमा सहज भएको छ ।

लोमान्थाङ देखि पुवा हुदै चक्रपथको किमलिङ जोड्ने तीन दशमलब पाँच किलोमिटर सडक स्तरोन्नतिको तयारी भएको छ । गत वर्ष गाउँपालिकाले प्रदेश सरकारसँगको साझेदारीमा यो सडकको मार्ग खोलेको थियो । यसैगरी न्यानोल–सम्जोङ–छोसेर–चेनुङ जोड्ने अर्को ६.५ किलोमिटर सडक स्तरोन्नतिको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...