म्याग्दीका १८ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण थालियो

Gandaki Pardesh notice

बेनी, गण्डकी प्रदेश सरकारले म्याग्दीका १८ पर्यटकीय स्थलमा पूर्वाधार निर्माणको काम थालेको छ ।

प्रदेश सरकार अन्तरगतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालय मार्फत पर्यटन पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्ष २०८०÷८१ मा रु. एक करोड ५६ लाख बजेट बिनियोजन गरेको छ ।

कार्यालयका प्रमुख पोषानाथ शर्माले पर्यटकीय स्थलमा पदमार्ग, रेलिङ, आश्रयस्थल लगायतका पूर्वाधार निर्माणका लागि छनौट भएका योजना कार्यान्वयनलाई तिब्रता दिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“पाँच वटा पदमार्ग निर्माण गर्ने योजना सम्पन्न भइसकेको छ,” उहाँले भन्नुभयो “आठ वटा योजना निर्माणाधिन छन् । पाँच वटा योजनाको उपभोक्ता समितिलाई सम्झौताका लागि बोलाएका छौ ।”

Bhautik ministry notice about road

कार्यालयका अनुसार रु. दश÷दश लाख बजेट बिनियोजन भएको धवलागिरी गाउँपालिका–७ को ताकमकोट पदमार्ग, बेनी नगरपालिका–९ को गलेश्वर–काउलेगौडा–नेप्टेचौर– ढोलथान– दरवार र रु. पाँच लाख बजेट बिनियोजन भएको मालिका–६ को बलौटे दुखुबेसी पदमार्ग योजना निर्माण सकिएको हो ।

यसैगरी रु. आठ÷आठ लाख बजेट बिनियोजन भएको बेनी नगरपालिकाको डल्ले पिपल देखि फोहोटे–रिठाबोट र रघुगंगा गाउँपालिका–२ को अन्नपूर्ण आधारभूत विद्यालय देखि हवल्दारको चौतारीसम्म पदमार्ग निर्माण योजना सकिएको कार्यालयका ईञ्जिनियर सुमन बोगटीले बताउनुभयो ।

रु. बीस लाख बजेट बिनियोजन भएको अन्नपूर्ण–५ को खोपारालेक पर्यटन पूर्वाधार, रु. दश÷दश लाख बजेट बिनियोजित मालिका गाउँपालिका–५ को पन्थोक देखि मालिका जोड्ने पदमार्ग, मंगला गाउँपालिका–३ को चिनाकोट पर्यटकीय पूर्वाधार, रघुगंगा गाउँपालिका–४ को दर्मिजा देखि नागिदेवी जोड्ने पदमार्ग, बेनी नगरपालिका–५ को ढोल्थान र अन्नपूर्ण गाउँपालिका–८ को करवाकेली मन्दिर जाने पदमार्ग निर्माण योजना निर्माणाधिन अवस्थामा छन् ।
रु. पाच÷पाँच लाख बजेट बिनियोजन भएको बेनी नगरपालिका–१ को परम वैदिक धार्मिक सनातन आश्रम र धवलागिरी गाउँपालिका–५ र ६ को भाल श्री छापाछाङ औसी खालीखोला पदमार्गको उपभोक्ता समितिसँग सम्झौता भएको छ ।

रु. दश÷दश लाख बजेट रहेको बेनी नगरपालिका–२ को ज्यामरुककोट मन्दिर संरक्षण, मालिका गाउँपालिका–३ को लामखोरीया डाडागाउँ पदमार्ग योजनाको उपभोक्ता समितिसँग सम्झौताको तयारी भएको छ ।

रु. पाँच÷पाँच लाख बजेट बिनियोजन भएको रघुगंगा गाउँपालिका–७ को कालिबराह मन्दिर तथा कुण्ड संरक्षण, मंगला गाउँपालिका–५ को शिलखुङ–चाङ र बेनी नगरपालिका–१ को सारेमारे–भुवाने पदमार्ग योजनाको पनि सम्झौता हुन बाँकी छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...