उद्योग वाणिज्य संघ रघुगंगा बजार इकाइमा खत्री

Gandaki Pardesh notice

मौवाफाट, । म्याग्दी उद्योग वाणिज्य संघ रघुगंगा बजार इकाईको शनिबार मौवाफाँटमा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट बालकृष्ण खत्रीको सभापतिमा इकाईको सर्वसम्मत कार्यसमिति चयन भएको छ । निवर्तमान सभापतिमा यामकुमारी गर्बुजा, उपसभापतिमा रमेश सुवेदी, सचिवमा टिका बहादुर सेन र कोषाध्यक्षमा जयन्ती शर्मा चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

सदस्यहरुमा भिमबहादुर थापा, रिमबहादुर विश्वकर्मा, मनबहादुर कार्की, चित्रबहादुर गर्बुजा, नवराज शर्मा, कृष्ण विश्वकर्मा चयन हुनुभएको छ । अधिवेशनको उद्घाटन गर्नुहुदै रघुगंगा गाउँपालिका–२ भगवतिका वडा अध्यक्ष अमृत भण्डारीले दर्ता गरेर व्यवसाय सञ्चालन गर्न अनुरोध गर्नुभयो ।

Shreekrishna hardwear in news

म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले व्यवसायीको हकहितमा पैरवीका साथै राज्यका गतिबिधिमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । मर्याादित व्यवसायमा जोड दिनुभयो ।

इकाईका सभापति यामकुमारी गर्बुजाको अध्यक्षता, रामचन्द्र सुवेदीको सञ्चालन र रमेश सुवेदीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडा नम्बर ३ का सदस्य जितबहादुर खत्री, वडा नम्बर ४ का सदस्य चित्रबहादुर गर्बुजा, म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्य, दृतीय उपाध्यक्ष लिलाराम गौतम, महासचिव अमित बानिया, सदस्य मोतिलाल पौडेल, प्रविन श्रेष्ठ, रवी शर्माको पनि उपस्थिति रहेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...