उद्योग वाणिज्य संघ जलजलामा जिसी

Add Samajik bikash office

बेनी, । उद्योग वाणिज्य संघ जलजला बजार इकाईको १३ औ साधारणसभा तथा चौथो अधिवेशन शनिबार वारीबेनीमा सम्पन्न भएको छ ।

Bhautik ministry notice about road

अधिवेशनबाट हिराबहादुर जिसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको हो । वरिष्ठ उपाध्यक्षमा शिव जिसी, उपाध्यक्ष उद्योगतर्फ मुकुन्द शर्मा, वाणिज्य तर्फ बाबुराम पौडेल, महासचिव कृष्ण प्रसाद सुवेदी, सचिव नवीन जिसी र कोषाध्यक्षमा ढुण्डीराज पौडेल चयन हुनुभएको छ ।

सदस्यहरुमा तारा कार्की, जीवन थापा, शान्ती पुन, गणपती रेग्मी, वुद्धीबहादुर नेपाली र चेत प्रसाद सुवेदी रहनुभएको छ । अधिवेशनको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले उद्घाटन गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...