एमाले म्याग्दीको ‘म बनाउँछु मेरो पार्टी’ अभियान

Gandaki Ghumau

बेनी, । नेकपा एमाले म्याग्दीको पहिलो पूर्ण वैठकले ‘म बनाउँछु मेरो पार्टी’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

हाडेभिर स्थित पार्टी कार्यालयमा शुक्रबार सम्पन्न बैठकले गरेका निर्णयहरु शनिबार पत्रकार भेटघाट मार्फत सार्वजनिक गरिएको हो । एमाले म्याग्दीका नवनिर्वाचित अध्यक्ष बालकृष्ण सुवेदीले संगठन सुदृढीकरणका लागि ‘म बनाउँछु मेरो पार्टी’ योजना अघि सारेको बताउनुभयो ।
अभियान अन्तर्गत जिल्ला, पालिका, वडा र टोल कमिटीले नै जनता संग रचनात्मक कार्य गर्नै पर्ने निर्णय गरिएको जानकारी दिनुभयो । एक सदस्यले एक सदस्य थप्ने अभियान संचालन गरि १ वर्षमा १ हजार सदस्य बढाउने, पार्टीलाई जनताको अदालतमा खडा गर्न खुल्ला छलफलका कार्यक्रम संचालन गर्ने, जिल्ला र पालिकामा विपतमा सहयोग गर्ने गरि उद्धार टोली तयार गर्ने, युवा उत्प्रेरणाका कार्यक्रम संचालन गर्ने, युवा र विद्यार्थीहरुमाझ पार्टीको विचारलाई पु¥याउन विभिन्न कार्यक्रम संचालन गर्ने, संस्थागत भ्रस्टाचार हुने ठाउँहरुमा निगरानी राख्ने वार्षिक योजना तयार गरेको अध्यक्ष सुवेदीले बताउनुभयो ।

जिल्लाका पर्यटकीय क्षेत्रलाई प्रवर्धन गर्ने, सामाजिक संजालको सदुपयोगलाई बढाउने र दुरुपयोगलाई नियन्त्रण गर्ने, वर्षमा २ पटक जनप्रतिनिधिहरुलाई प्रशिक्षण र वार्षिक रुपमा वडा, पालिका तथा जनसंगठनका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम संचालन गर्ने, पार्टीको मुखपत्र प्रकाशन गर्ने, पार्टी कार्यालयलाई सूचना वैंक, ह्युमन रिसर्च र आईडिया वैंकको रुपमा विकास गर्ने लगायतका योजना बनाईएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

त्यस्तै वैठकमा जिल्ला कमिटी सदस्यहरुलाई काम, कर्तव्य र पार्टीको नीति र सिद्धान्तको बारेमा प्रशिक्षण समेत दिईएको छ । जिल्ला अधिवेशनबाट मनोनयन फिर्ता गरेका ८ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनयन गरिएको छ । वैठकले विभागीय कार्यविभाजन समेत गरेको छ ।

स्कुल विभागको प्रमुखमा अध्यक्ष बालकृष्ण सुवेदी, जनसंगठन समन्वय संयन्त्र प्रमुखमा उपाध्यक्ष प्रमोद श्रेष्ठ, संगठन विभाग प्रमुखमा सचिव थमसरा पुन, आर्थिक विभाग प्रमुखमा उपसचिव सत प्रसाद रोका, स्थानीय विकास विभाग प्रमुखमा उपसचिव खड्क गिरी र सहकारी तथा गरिवि निवारण विभाग प्रमुखमा सदस्य देउ प्रसाद छन्त्याललाई चयन गरिएको छ ।
त्यस्तै जिल्लाका अधिकांश वडाको ईन्चार्ज पनि वैठकले टोकेको छ । पार्टीको पालिका अधिवेशन फागुन मसान्त सम्म र वडाको अधिवेशन चैतको मसान्तभित्र गरिसक्नुपर्ने निर्णय गरेको अध्यक्ष सुवेदीले बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष सुवेदीले दशौँ जिल्ला अधिवेशनको बन्दसत्रमा पारित गरिएको १५ वुँदे समसामयिक प्रस्ताव समेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला सह–ईन्चार्ज नरदेवि पुन, प्रदेश कमिटि सदस्य हरिकृष्ण श्रेष्ठ, खुम बहादुर बानियाँ, जिल्ला कमिटि सदस्य लक्ष्मण कटुवाल, जिल्ला कमिटि सदस्य तथा बेनपा १० का ईन्चार्ज समिर रोकाको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला कमिटि अध्यक्ष सुवेदीको अध्यक्षता तथा उपसचिव सत प्रसाद रोकाको संचालनमा सम्पन्न भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...