शिक्षक संघ बेनीको चौथो प्रतिनिधिसभा

Add Samajik bikash office

बेनी, । नेपाल शिक्षक संघ बेनी नगर कार्यसमितिको चौथो प्रतिनिधिसभा शनिबार बेनी स्थित वि.पी. स्मृति भवनमा सम्पन्न भएको छ ।

Bhautik ministry notice about road

संघका नगर अध्यक्ष एकेन्द्र बहादुर महतको अध्यक्षता, गण्डकी प्रदेश कार्य समितिका निवर्तमान वरिष्ठ उपाध्यक्ष केशव प्रसाद रेग्मीको प्रमुख आतिथ्यता, सचिव सुरेन्द्र प्रसाद केसीको सञ्चालन र महिला उपाध्यक्ष रजनी शाहीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको हो ।

संघमा आवद्ध ७० जना शिक्षकहरुको उपस्थिति रहेको कार्यक्रममा संघका जिल्ला महिला उपाध्यक्ष भिमकुमारी सुवेदीले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । शिक्षक तिलाराम थापामगर र निवृत्त शिक्षक यामबहादुर खत्रीलाई सम्मान गरिएको थियो । कोषाध्यक्ष हरिप्रसाद ढुङगानाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सभाले पारित गरेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...