लिटल गार्डेनमा विद्यार्थीले खाना महोत्सव गरे

Add Samajik bikash office

बेनी। व्यवहारिक र व्यवसायिक शिक्षा हाँसिल गर्न बेनीको लिटल गार्डेन एकेडेमीका विद्यार्थीहरुले शुक्रबार खाना महोत्सव गरेका छन् ।

नेपालको शिक्षा सैद्धान्तिक र घोकन्ते भएको आरोप लागिरहेका बेला लिटल गार्डेन एकेडेमीले कक्षा ६–९ सम्म अध्ययनरत विद्यार्थीको पाक कला र व्यवसायिक सीप विकासका लागि खाना महोत्सव गरेको हो ।

महोत्सवमा कक्षा–६ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीहरुले खाना बनाएर प्रदर्शन गरेका थिए । फरक–फरक स्टल÷ रेष्टुरेन्टको नाम पनि जिल्लाका चर्चित पर्यटकीय गन्तब्य, हिमाल र झरनाबाट राखिएको थियो ।

Shreekrishna hardwear in news

रेष्टुरेन्ट अनुसार खानाको परिकारको मुल्य पनि फरक–फरक राखिएको थियो । कक्षा ४–७ कक्षा सम्मका विद्यार्थीको रेष्टुरेन्टमा उनीहरुका कक्षा शिक्षकले निर्देशन गरेका थिए । कक्षा ८–१० का विद्यार्थीहरुले भने आ–आफ्नै रुची र चाहना अनुसारको खानाका परिकार पकाउनुको साथै मेन्यु पनि स्वच्छिक बनाएका थिए ।

कक्षा १० का विद्यार्थी प्रियङ्का रकाल ठकुरीले खाना पकाउने सिप सिक्ने, भएको कला प्रर्दशन र खाना पकाउन अरुले अपनाउने विधी सिकेको बताउनुभयो ।

“हामी स्कुलमा पढ्नेबाहेक घरमा खाना पकाउन पनि सिक्छौं,” उहाँले भन्नुभयो “त्यही सीपलाई कितावमा पढे अनुसार खाना महोत्सवमा व्यापार कला पनि अभ्यास गरेका हौं ।” रकालको समूहले सेलरोटी र अचारको परिकार बनाएका थिए ।

Bhautik ministry notice about road

कक्षा १० का प्रान्सु जिसीले खाना पकाउनुका साथै ब्यापार गर्ने सिप सिकेको बताउनुभयो । पढाई सकेपछि आफै स्वरोजगार बन्न र घरमा अभिभावकलाई सघाउन सिकेको ज्ञान सिपले मद्दत गर्ने उहाँले बताउनुभयो ।

जिसीको समूहले चिकन विर्यानीको परिकार बनाएका थिए । गत वर्षको महोत्सवमा चिकन बिर्यानीको ब्यापार धेरै भएको र पुरस्कार पनि पाएकाले यसपाली पनि सोही परिकार बनाएको जिसीले बताउनुभयो ।

महोत्सवमा खाना पकाउने, बिक्री गर्ने, ग्राहक ब्यवस्थापन गर्ने र लगानी–लाभको हिसाव राख्ने सबै काम विद्यार्थीहरुले नै गरेका थिए । कक्षागत र छात्रा तथा छात्रको छुट्टा–छुट्टै विभिन्न ९ वटा खानाका स्टल थिए ।

महोत्सवमा चिकन विर्यानी, ससेज, म.म., कोदोको पकौडा, एगरोल, चीया, सेलरोटी, अचार, सेकुवा, दही, लस्सी लगाएत दर्जनबढी खानाको परिकार बनाएका थिए । विद्यार्थीहरुले कक्षामा अध्ययन गरेको पेशा (अकुपेशन) विषय अध्ययनका क्रममा सिकेका ज्ञान र घरमा दैनिक खानाका परिकार पकाउँदा सिकेका पाक सीपलाई प्रयोग गरी खाना महोत्सव गरिएको विद्यालयका शैक्षिक निर्देशक प्रेम जिसीले बताउनुभयो ।

सोही खाना महोत्सवमा विद्यार्थीले विभिन्न परिकार पकाउने र ग्राहकलाई बेचेका छन् । विद्यार्थीले पकाएको खानाको परिकार महोत्सवमा आएका अभिभावक, आमन्त्रितहरु र विद्यार्थीहरुले एक आपसमा किनेर खाएका थिए ।

‘विद्यार्थीले कक्षामा सिकेका ज्ञान, परिवार र समाजमा देखेर वा अभ्यास गरी आर्जेको ज्ञानको सिर्जनात्मक प्रर्दशनी गर्न विद्यालयले प्रोत्साहन गरेको हो,” प्रिन्सीपल दिपक सुवेदीले भन्नुभयो “खाना महोत्सवको सबै लगानी विद्यार्थी आफैँले गरेका हुन् र आम्दानी वा घाटा भएको भएपनि ती विद्यार्थी आफैँको हो ।”

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...