ठाडाखानी देखि मालिका जोड्ने सडक निर्माण सुरु

Gandaki Pardesh notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानी देखि धार्मीक पर्यटकीय स्थल मालिका जाने सडक निर्माण सुरु भएको छ ।
ठाडाखानी हुदै मालिका जाने भक्तजन र पर्यटकको सुबिधाका लागि रघुगंगा गाउँपालिकाले उपभोक्ता समिति मार्फत सडक निर्माण सुरु गरेको हो । कार्यपालिका सदस्य टेकजित छन्त्यालले चालू आर्थिक बर्षमा बिनियोजन भएको दश लाख रुपैयाँ बजेटबाट उपभोक्ता समितिले सडक निर्माण सुरु गरेको जानकारी दिनुभयो ।
सडक निर्माणका लागि भक्तिलाल छन्त्यालको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ । एक्साभेटर प्रयोग गरेर सोमबारदेखि सडक निर्माण सुरु भएको थियो । बुधबारसम्म करिब एक किलोमिटर सडकको ट्याक खनिसकेको छ ।
थप एक हप्ता भित्र पहिरेनी सम्म करिब चार किलोमिटर सडक खन्ने उपभोक्ता समितिको लक्ष्य छ । सडक निर्माण भएपछि स्थानीयबासीका साथै मालिकाको दर्शन र अवलोकनका लागि जाने भक्तजन तथा पर्यटकहरुलाई आवत जावतका लागि सहज हुने जनाइएको छ ।
पैदलयात्रा गर्ने करिब एक घण्टाको अवधि घट्ने अनुमान छ । समुन्द्रि सतहदेखि तिन हजार ४०० मिटरको उचाईमा रहेको मालिका र रघुगंगा गाउँपालिको सिमा क्षेत्रमा पर्ने मालिकाबाट सिस्ने, गुर्जा, धौलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु लगायत बिस भन्दा बढी हिमशङखलाको अवलोकन गर्न सकिन्छ ।
मालीकामा रहेको मन्दिरमा पुजाआजा, दर्शन र भाकल गरेमा मनोकाक्षा पुरा हुने विश्वासका साथ चण्डी पूर्णीमा, जेष्ठि पुर्णीमा, तिहारमा भक्तजनहरुको घुईचो लाग्ने गर्छ । यसअघि ठाडाखानी देखि मालिका जाने बाटोमा पर्ने बथानडाँडादेखि सरघारीसम्मको उकालो बाटोमा चार लाख बिस हजार रुपैयाको लागतमा तीन किलोमिटर पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष नरेश छन्त्यालले बताउनुभयो ।
आर्थिक वर्ष २०७४÷७५ मा गाउँपालिकाले तीन लाख रुपैया बिनियोजन गरेको उक्त योजना सम्पन्न गर्न ठाडाखानीका बासिन्दाले एक लाख बिस हजार रुपैया बराबरको श्रमदान गरेका थिए । साढे दुई मिटर फराकीलो पदमार्ग फराकीलो बनाउने, ढुङ्गा बिछ्याउने, झाडी हटाउने र काठका मुडा राखीएको छ । पदमार्ग बनेपछि जंगलमा अलमलीएर बाटो बिराउने, चिप्लीएर लड्ने समस्
या हटेको छ । ठाडाखानी, टोड्के, दुखु, हिदी, बिमको बाटो भएर मालीका पुग्न सकिन्छ । मालिका जानका लागि ठाडाखानीदेखि सबै भन्दा छिटो पुगिने बाटो भएको स्थानीयको भनाई छ । हाल ठाडाखानी देखि तीन घण्टा पैदल हिडेर मालिका पुग्न सकिन्छ ।
मालीकाको पर्यटन विकासका लागि पदमार्ग बिस्तार, ठाडाखानीमा छन्त्याल होमस्टे, संग्रहालय र सामुदायीक लज सञ्चालनको योजना रहेको पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । पर्यटन मन्त्रालयले टोड्केदेखि मालीका जाने बाटोमा पदमार्ग बनाएको छ ।
मालिका गाउँपालिकाले बाईन्दफाँटदेखि मालिका धुरीको फेदीमा पर्ने धौलावाङसम्म सडकको ट्याक खोलेको छ । प्रदेश सरकारको सहयोगमा बिम र दुखु हुदै मालिका जाने पदमार्ग समेत निर्माण भएको छ

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...