एकल महिलालाई धुप बनाउने तालिम

Add Samajik bikash office

बेनी, । बेनीमा बिहिबार एकल महिलाका लागि धुप बनाउने तालिम सम्पन्न भएको छ ।

बेनी नगरपालिकाको आर्थिक सहयोगमा एकल महिला तथा बालबालिका शसक्तिकरण केन्द्रले आयोजना गरेको तालिम ३ दिनसम्म सञ्चालन भएको थियो । तालिममा एकल महिला र विद्यार्थी गरि २२ जनाको सहभागिता रहेको थियो ।

Bhautik ministry notice about road

एकल महिलाको सिप विकास गरि आयआर्जन वृद्धि, फुर्सदको समय व्यवस्थापन र धुप आयात घटाउने उद्देश्यले तालिम आयोजना गरिएको केन्द्रका अध्यक्ष देवी केसीले बताउनुभयो ।

Shreekrishna hardwear in news

तालिमको समापन गर्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले सिपको विकास गरि महिलाहरुलाई आत्मनिर्भर सँगै घरायसी काममा प्रयोग हुने सामान आयात घटाउने प्रयास गरेको बताउनुभयो ।

बेनी र आसपासका मठमन्दिर एवम् धार्मिक कार्यमा स्थानीय उद्यमले तयार पारेका धुपको प्रयोग बढाउन प्रर्वद्धन गर्नुपर्ने वडा नम्बर ७ का अध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो । तालिम समापन कार्यक्रमको सञ्चालन केन्द्रकी सचिव हिरा उपाध्यायले गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...