निलगिरीखोला–२ को प्रशारण लाइनको परिक्षण सफल

Gandaki Pardesh notice

सुरुङ परिक्षण अवधी फागुन १५ गतेसम्म लम्बियो

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको निलगिरीखोला दोस्रो जलविद्युत आयोजनाको प्रशारण लाइनको परिक्षण सफल भएको छ ।

निलगिरीखोला हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका–४ दोभिल्ना देखि वडा नम्बर –३ दाना जोड्ने प्रशारण लाइनको माघ १५ गतेदेखि परिक्षण शुरु गरेको थियो । यस आयोजनाको विद्युत दाना सव स्टेशन मार्फत केन्द्रिय ग्रिडमा जोडिन्छ ।

Shreekrishna hardwear in news

निलगिरीखोला हाइड्रोपावरका आधिकारिक प्रतिनिधी उपेन्द्र गौतमले दोभिल्ना देखि दाना जोड्ने २२० केभी क्षमताको प्रशारण लाइनको परिक्षण सफल भएको जानकारी दिनुभयो । ४२ मेगावाट क्षमताको निलगिरीखोला पहिलोको विद्युतगृह रहेको छोटेपा देखि दोभिल्ना हुदै दाना जोड्ने ७.४ किलोमिटर लामो प्रशारण लाइन निर्माण भएको छ ।

नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीको सहभागितामा दाना सवस्टेशन देखि निलगिरी दोस्रोको विद्युत गृह सम्म प्रशारण लाइनबाट विद्युत आपुर्ति गराएर परिक्षण गरिएको हो । प्रशारण लाइनको परिक्षण सकिएपनि आयोजनाको सुरुङको परिक्षण भने जारी रहेको छ ।

सुरुङमा पानी हालेर परिक्षण गर्ने समय तालिका २०८० फागुन १५ गतेसम्म लम्बाइएको आयोजनाका आधिकारिक प्रतिनिधी गौतमले बताउनुभयो । “टनेलमा पानी हाल्ने क्रममा छोटेपादेखि दोविल्नासम्म खोलाको पानीको बहाव थपघट हुन्छ,” उहाँले भन्नुभयो “माछा मार्ने, नुहाउने, गाईबस्तु, चौपाया छाड्ने र आवत जावत गर्ने कार्य नगराउन सार्वजनिक सूचना मार्फत आग्रह गरेका छौ ।”

Bhautik ministry notice about road

बाँध, सुरुङ, विद्युतगृह, प्रशारण लाइन, स्विचार्ड निर्माण सकेपछि परिक्षणलाई तिब्रता दिएको आयोजनाले जनाएको छ । छोटेपामा निर्माण भएको डिसेण्डर (बालुवा थिग्राउने पोखरी)मा यसअघिनै पानी हालेर परिक्षण गरिएको थियो । छोटेपादेखि दोभिल्नामा रहेको विद्युतगृह सम्म ४ हजार २७५ मिटर लामो सुरुङ निर्माण भएको छ ।

विद्युतगृह र छोटेपाको बाँध सहित ५ वटा अडितबाट वि.स. २०७६ देखि सुरुङ निर्माण थालिएको थियो । निलगिरी पहिलोको विद्युतगृहबाट निस्कने पानीलाई बाँध बनाएर निलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण भएको छ । दुई वटै आयोजनाको प्रर्वद्धक कम्पनी एउटै हो ।

निलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युतगृह निर्माण निर्माण अन्तिम चरणमा पुगेको छ । २ हजार मिटर लामो सुरुङलाई पलास्टर गरेर फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । विद्युतगृहको भवन निर्माण सकेर उपकरण जडान थालिएको छ ।

निलिगिरी पहिलोको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । दुई वटै आयोजनाको विद्युतगृह परिसरमा स्विचार्ड बनाइएको छ । बस्ती देखि टाढा रहेको निलगिरीखोला जलबिद्युत आयोजना निर्माण स्थल भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्छ ।

रु. तेह् अर्ब लागत अनुमान गरिएको दुवै आयोजना रन अफ द रिभर प्रकृतिका हुन् । नारच्याङमा यसअघि ५ मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजना निर्माण भएको थियो । ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना पनि निर्माणको अन्तिम चरणमा रहेको कार्यवाहक वडा अध्यक्ष श्याम पुर्जाले बताउनुभयो ।

९.१४ मेगावाटको सुपर घलेम्दी आयोजना निर्माणमा जाने तयारीमा छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १६४ मेगावाटको कालीगण्डकी गर्ज आयोजनाको विद्युतगृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...