बाबियाचौर स्वास्थ्य चौकीको भवन निर्माण

Shreekrishna hardware

बेनी, म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ ।

संघीय सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण गरेको हो । दुई तले ९ कोठे भवन निर्माण भएको मंगला गाउँपालिका–२ का वडा अध्यक्ष धनबहादुर खातीले जानकारी दिनुभयो ।

“बाबियाचौर स्वास्थ्य चौकी स्थापनाकाल देखिनै सहश्रधारामा रहेको सामुदायिक भवनको एउटा साघुरो कोठाबाट सञ्चालन हुदै आएको थियो,” उहाँले भन्नुभयो “निर्माण व्यवसायीले हस्तान्तरण गरिसकेको भवनमा विद्युत जडान गरेर केही दिनमै प्रयोगमा ल्याउने तयारीमा छौ ।”
भवनमा बिरामी उपचार, प्रशासन, औषधी भण्डारण, बैठक हल, सहायता कक्ष र स्वास्थ्यकर्मीको आवास रहेको छ । भवन निर्माणका लागि वि.स. २०७८ माघ २० गते ग्राण्ड–खाम्पाचे एस.के. जेभी काठमाडौसँग रु. एक करोड ४९ लाख २८ हजार ३७२ मा ठेक्का सम्झौता भएको छ ।

Shreekrishna
default

भेरियसन अर्डर गर्दा लागत घटेर रु. एक करोड ४३ लाख भएको भवनको ९२ प्रतिशत भौतिक प्रगति भएको र रु. एक करोड ३० लाख मात्र भुक्तानी भएको गाउँपालिकाका सवईञ्जिनियर विपिन आचार्यले बताउनुभयो ।

Ban devision notice

“मूल्याङ्कनका क्रममा डिजाइन अनुसारको सबै संरचना निर्माण नगरेकाले भुक्तानीका क्रममा रकम घटाएको हो,” उहाँले भन्नुभयो “दुई वर्षको ठेक्का अवधी भित्रनै भवन निर्माण सकिएको छ ।” भवन परिसरमा घेराबार र प्रवेशद्धार निर्माणको काम बाँकी छ ।

रणवाङका ललितबहादुर मल्ल, डम्मर बहादुर मल्ल, होमबहादुर सेन, तिलकबहादुर सिंह, भगवान सुवेदी र स्वर्गीय मातृका प्रसाद गौचनले स्वास्थ्य चौकीको भवन बनाउन पाँच रोपनी जग्गा उपलब्ध गराउनुभएको वडा अध्यक्ष खातीले बताउनुभयो ।

यसअघि अस्थायी र साघुरो भवनबाट स्वास्थ्य चौकी सञ्चालन हुदै आएको थियो । नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह सहज हुने स्वास्थ्य चौकीका प्रमुख बालकृष्ण शर्माले बताउनुभयो ।

पाँच वटा वडा रहेको मंगलाको चार वटा वडाको स्वास्थ्य चौकीको सुविधासम्पन्न भवन बनेको छ । वडा न. ५ को अर्मन स्वास्थ्य चौकीको भवन संघीयता अघिनै निर्माण भएको थियो । वडा नं. ३ को बरंजा र वडा नम्बर १ कुहुँको स्वास्थ्य चौकी भवन अघिल्लो कार्यकालमा निर्माण भएको हो ।

हाल बुकेनी स्थित वडा नं. ४ को भवनबाट सञ्चालन भइरहेको सामुदायिक स्वास्थ्य इकाईलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गर्ने र भवन बनाउन पहल गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...