मुदीमा १८ वटा उपभोक्ता समितिसँग सम्झौता

Gandaki Pardesh notice

मल्कवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा बुधबार योजना सम्झौता शिविर सम्पन्न भएको छ ।

गाउँपालिकाका कर्मचारीहरु मुदीको वडा कार्यालयमा पुगेर योजना सम्झौताका साथै उपभोक्ता समितिका पदाधीकारीहरुलाई अभिमुखीकरण गरेका हुन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले १८ वटा योजनाका उपभोक्ता समितिसँग सम्झौता भएको बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा सो वडामा बजेट बिनियोजन गरेका २० मध्य २ वटाको समितिसँग सम्झौता गर्न बाँकी छ । यसअघि माघ पहिलो हप्ता मराङका १९ र मल्कवाङका ११ वटा उपभोक्ता समितिसँग सम्बन्धित वडामै योजना सम्झौता गरिएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“नागरिकलाई गाउँमै सिंहदरबार आएको अनुभव दिलाउन उपभोक्ता समितिसँग योजना सम्झौता वडामै पुगेका हौ,” प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो भन्नुभयो । प्रमुख प्रशासकीय अधिकृत सुवेदी, योजना शाखाका रमेश पौडेल, लेखा शाखाका तिलक शंकर पौडेल, पूर्वाधार शाखाका लोकेन्द्र रावल, रोमी भण्डारीको टोली घुम्ति शिबिर लिएर मुदी पुगेको हो ।

वडाका अध्यक्ष, सचिव र जनप्रतिनिधीहरुले सहजिकरण तथा समन्वय गर्नुभएको थियो । प्राबिधिक टोलीले यसअघिनै योजनाको लागत अनुमान र डिजाइन तयार पारेका थिए । सबै प्रक्रिया पुरा गरेर योजना सम्झौता गरी पायक पर्ने ठाउँको बैंकको शाखामा गएर खाता खोल्न सिफारिस गरि पेश्की उपलब्ध गराउने ब्यवस्था मिलाइएको छ ।

योजना सम्झौता गर्न आएका उपभोक्ता समितिका पदाधीकारीहरुलाई प्राबिधिक, लेखा ब्यवस्थापन र प्रशासनिक प्रक्रियाका बिषयमा परामर्श पनि दिइएको छ । आम भेला देखि योजना फरफारक गर्ने अवस्था सम्मको नमुना सहितको उपभोक्ता समिति सहयोगी पुस्तिका लागू गरेको छ ।

वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिका पदाधीकारीहरुलाई पालिकामा जाने आउने समय, झञ्जट हट्नुका साथै ब्ययभार घटेको मुदीका वडा अध्यक्ष यामबहादुर घर्तिले बताउनुभयो । वडामै योजना सम्झौता भएपछि एउटा उपभोक्ता समितिका कम्तीमा तीन जनाको पालिकामा जाने आउने समय र खर्च बचत भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...