जलजलाका सबै वडाको आफ्नै भवन

Add Samajik bikash office

बेनी, । जलजला गाउँपालिकाले सवै वडा कार्यालयको भवन निर्माण गरेको छ । जलजला म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको स्थानीय तह हो ।
९ वटा वडा रहेको जलजलाले ८ वटा वडाको भवन नयाँ बनाएको हो । तत्कालीन माभफाँट गाविसको मल्लाज स्थित भवनमा हाल नम्बर ३ को कार्यालय सञ्चालन भएको छ ।
करिब रु. पाँच करोडको लगानीमा वडा कार्यालय भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले बताउनुभयो । ‘चार वटा नयाँ भवनबाट सेवा शुरु भइसकेको छ,’ उहाँले भन्नुभयो ‘चार वटा भवन प्रयोगका लागि तयारी अवस्थामा छन् ।’
वडा नं. ६ शालिजा, वडा नं. ७ धाइरिङ, वडा नं. ८ नाग्लीवाङ र वडा नं.९ बनौको वडा कार्यालयले नयाँ भवनबाट सेवा शुरु गरेका छन् । १ नं. वडा बाँसखर्क, २ नं. वडा मल्लाज, ४ नं. वडा फट्केढुङ्गा र ५ नं. वडा लेकफाँटको भवनमा वडा कार्यालय सञ्चालनको तयारी भएको छ ।


वडा नम्बर १, ४, ५, ६, ७ र ९ को भवन निर्माणका लागि २०७९ पुष १२ गते तीन करोड २६ लाख सात हजार ५५१ रुपैयाँमा जयलक्ष्मी–अभिनव जेभी बाग्लुङले ठेक्का लिएको थियो । निर्माण कम्पनीले सबै भवन हस्तान्तरण गरिसकेको गाउँपालिकाका ईञ्जिनियर सुनिल बानियाले बताउनुभयो ।
‘६ वटै भवन एउटै डिजाइनका हुन् । सबै भवन एक तले र चार कोठे हुन,’ उहाँले भन्नुभयो ‘आर्थिक वर्ष २०७७÷७८ मा शुरु भएको वडा नम्बर २ र ८ को भवन पनि यसै वर्ष सकिएको हो ।’ भवनमा वडा अध्यक्ष, सचिव, जनप्रतिनिधिहरुको कार्यकक्ष र बैठक कक्ष छन् ।

Shreekrishna hardwear in news


आफ्नै भवन भएपछि सेवा प्रवाहमा सहज र व्यवस्थित भएको गाउँ कार्यपालिकाका प्रवत्ता समेत रहेका वडा नं. ८ नाग्लीवाङका अध्यक्ष हरिबिकास जिसीले बताउनुभयो । ‘यसअघि सामुदायिक भवन र निजी घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गरिएको थियो,’ उहाँले भन्नुभयो ‘कर्मचारी र जनप्रतिनिधीलाई काम गर्न र सेवाग्राहीलाई सेवा लिन सहज भएको छ ।’

गाउँपालिकाको केन्द्र लामाखेतमा आवास र स्टोर (भण्डारण) भवन निर्माण तिब्रताका साथ अघि बढेको छ । एक रोपनी जग्गामा २ तले सभाहल सहित २३ वटा कोठा भएको स्टील स्टक्चर प्रबिधिको भवन निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

Bhautik ministry notice about road

प्राबिधिक कारण स्टोर र कर्मचारी आवासको नाममा योजना सञ्चालन गरिएपनि सो भवनलाई प्रसासनिक कार्यमा उपभोग गर्ने गाउँपालिकाको योजना छ । स्थानीय तहको प्रशासकीय भवनका लागि न्युनतम चार रोपनी जग्गा आवश्यक पर्छ ।

जग्गाको मापदण्ड नपुग्ने र प्रशासकीय भवनका लागि अघिल्लो कार्यकालमा जग्गा खरिद भइसकेकाले स्टोर र कर्मचारी आवास भवन शिर्षकमा नयाँ ठाउँमा भवन बनाउन लागिएको अध्यक्ष आचार्यले बताउनुभयो ।

एक करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माण गर्न साहना–सक्षम जेभीसँग एक करोड ४२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । आगामी चैत महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

भवन निर्माणका लागि लक्ष्मण शर्मा, रेमबहादुर बिक, प्रकाश पौडेल, सन्तोष रावल, नरबहादुर थापा, जितबहादुर बिक, दिपेन्द्र बिक, जर्नादन मल्ल, धौलागिरि सेलर मिल (विजय श्रेष्ठ) र लामाखेतका बासिन्दाहरुले सामुहिक रुपमा डेढ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो ।

स्थानीयबासीबाट ३२ लाख रुपैयाँ मूल्य बराबरको जग्गा प्राप्त भएको गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो । ‘यो जलजला गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०÷०८१ को गौरवको आयोजना हो’ उहाँले भन्नुभयो ‘गाउँपालिकाले आफ्नै बजेटमा भवन निर्माण गर्न लागेको हो ।’

हाल वडा नम्बर ४ को लामाखेतमा तीन वटा भवन भाडामा लिएर गाउँपालिकाको कार्यालय सञ्चालन हुदै आएको छ । कृषि, पशु सेवा, स्वास्थ्य शाखाको कार्यालय वडा नम्बर ७ मिलनचोकमा छन् । फरक फरक ठाउँ र साँघुरो भवनमा कार्यालय सञ्चालन गर्न समस्या भएको छ । अर्कोतर्फ भाडामा बजेट खर्च भएको छ ।

यसअघि खरिद भएको जग्गा अपायक पर्ने भएकाले भवन बनाउन नसकिएको जनप्रतिनिधिको भनाई छ । सेवा प्रवाहलाई एकिकृत रुपमा सञ्चालन गर्न सबैलाई पायक पर्ने ठाउँमा भवन बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष आचार्यले बताउनुभयो । एकै ठाउँमा कार्यालय र विषयगत शाखा भएपछि सेवाग्राहीलाई सहज हुनुका साथै भाडाका लागि बजेट खर्च घटाउन सकिने उहाँले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...