नेचुङमा बीओपी भवन निर्माण सुरु

Gandaki Pardesh notice

बेनी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी)को भवन निर्माण सुरु भएको छ ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनाल र अतिरिक्त महानिरीक्षक रामशरण बस्नेतले बुधबार भवनको शिलन्यास गर्नुभयो ।

नेचुङमा रहेको ३३ रोपनी क्षेत्रफल जग्गामा निर्माण हुने मौसम अनुकुलित भवन पाँच करोड ६५ लाख रुपैयाँको लागतमा ११ महिनामा निर्माण सम्पन्न गरिने शसस्त्र प्रहरीका गुल्मपति आनन्द थापाले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सीमावर्ती क्षेत्रमा हुने संम्भावित अपराध नियन्त्रण, सीमा सुरक्षा र स्थानीय जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन गत जेठ महिनामा सशस्त्र प्रहरीको बिओपी स्थापना भएको थियो ।
सुरक्षाकर्मीलाई नेचुङ भन्सारको क्वारेन्टाईनमा व्यवस्थापन गर्ने गरी सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २० जना सुरक्षाकर्मी खटाइएको थियो । बीओपी स्थापना भएको को ६ महिनापछि भवन निर्माण सुरु भएको हो ।

मुस्ताङ स्थित कोरलानाका संञ्चालन गर्ने लक्ष्य अनुसार २०७३ मा सशस्त्र प्रहरीसहित नेपाली सेनालाई लंखुफाटमा १२ सय ७१ रोपनी, भन्सारलाई १०९ रोपनी, जनपथ प्रहरीलाई १३ रोपनी र अध्यागमनका लागि १२ रोपनी जग्गा उपलब्ध भएको थियो ।

कोरलानाका देखि करिव १२ किलोमिटर नेपालतर्फ रहेको नेचुङमा भएको जग्गा उपयुक्त नभएको भन्दै पछिल्लो समय कोरलानाकाको दशगजा क्षेत्रमा भन्सार लगायतका पूर्वाधार निर्माण गर्न पुनः १ हजार रोपनी जग्गा छुट्याएको छ । यसअघि लोमान्थाङको लुंखुफाटमा नेपाली सेनाको क्याम्प समेत स्थापना भइसकेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...