रातोपानीको तातोपानी मुहान संरक्षण र व्यवस्थापन

Nilgiri hydor notice magh 26

पोखरेबगर, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीमा रहेको प्राकृतिक तातोपानीको मुहान संरक्षण र व्यवस्थापन गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका, प्रदेश सरकार, स्थानीयबासी र दाताको सहयोग जुटाएर तातोपानीको मुहान संरक्षण र व्यवस्थापन भएपछि उपचार, स्नान र मनोरञ्जन स्थलको रुपमा विकास भएको हो । कालीगण्डकी नदी किनारमा रहेको तातोपानीको मुहानलाई संरक्षणका साथै व्यवस्थित बनाएपछि पर्यटकीय र प्राकृतिक उपचार स्थलको रुपमा विकास हुन थालेको अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

“तातोपानीको मुहानलाई कालीगण्डकीको कटानबाट जोगाउन किनारमा पक्की पर्खाल निर्माण, डुबुल्की मारेर स्नान गर्ने सुबिधाका लागि व्यवस्थित पोखरी, टहरा, विश्रामस्थल बनाइएको छ,” उहाँले भन्नुभयो “रातोपानी संरक्षण र व्यवस्थापनका लागि गाउँपालिकाले पछिल्लो पाँच वर्षयता रु. पचास लाख भन्दा बढी लगानी गरेको छ । समुदाय र दाताले पनि सहयोग गरेका छन् ।”

Shreekrishna hardwear in news

बेनी–जोमसोम सडकको छेवैमा प्रति सेकेण्ड ११ लिटरका दरले ५६ डिग्री तातोपानी निस्कने मुहान छ । मुहानबाट निस्कीएको पानीलाई पोखरीमा संकलन गरि एक पटकमा ४० देखि ५० जनाले स्नान गर्न सक्ने क्षमताको १०÷१० मिटर लम्बाई र चौडाई भएको पोखरी बनाइएको छ ।
पक्की पर्खाल बनाएर संरक्षण गरिएपछि तातोपानीको मुहान र पोखरी कालीगण्डकीको कटानबाट सुरक्षित भएको छ । टहरा, विश्रामस्थल भएपछि स्नान गर्नका लागि घाम पानीले असर गर्दैन् । पहिले नदी किनारको खुल्ला ठाउँको पोखरीमा स्नान गर्दा व्यवस्थित थिएन् ।

उपचारका लागि आउने सर्वसाधारण र स्नान गर्ने पर्यटकलाई सहज भएको कुण्ड सञ्चालनका लागि चालु आर्थिक वर्षमा अन्नपूर्ण गाउँपालिकाबाट अनुमति पाउनुभएका खिलराज बरुवालले बताउनुभयो ।

“यो तातोपानी कुण्ड गरिबको लागि अस्पताल बनेको छ,” उहाँले भन्नुभयो “व्यवस्थित भएसँगै उपचार र जाडो याममा तातोपानीमा स्नान गरेर मनोरञ्जन लिने दुवैथरि मानिसहरुको आगमन बढेको छ ।”

Bhautik ministry notice about road

बरुवालले गाउँपालिकालाई रु. एक लाख राजस्व तिरेर चालु आर्थिक वर्षका लागि रातोपानी कुण्ड सञ्चालनको अनुमति लिनुभएको छ । दैनिक एक सय जनाको अनुपातमा स्नानका लागि आउने गर्छन् । पाहुना र पर्यटक आगमनसँगै रातोपानी, पोखरेबगर र ठूलोबगरको व्यवसाय प्रर्वद्धन भएको छ ।

चोटपटक लागेको, बज्रिएको, ग्यास्ट्रिक र चिसोका कारण उत्पन्न स्वास्थ्य समस्याबाट पिडित बिरामीहरु तातोपानीमा डुबील्की मारेर स्नान गर्न आउँछन् । युरिक एसिडबाट थलिएका अन्नपूर्ण गाउँपालिका–७ औलका रिमबहादुर पुर्जाले तातोपानीमा स्नान गरेपछि निको भएको अनुभव सुनाउनुभयो ।
“पाँच वर्षअघि मलाई यहाँ स्नानका लागि परिवारका सदस्यले बोकेर ल्याएका थिए,” उहाँले भन्नुभयो “२१ दिन स्नान गरेपछि युरिक एसिड निको भयो । आफै हिडेर घर गए । त्यसपछि हरेक वर्ष हिउँदयाममा स्नानका लागि रातोपानीको तातोपानीमा आउने गरेको छु ।” पोखरा, काठमाडौ, चितवन, मुस्ताङ र म्याग्दीका विभिन्न ठाउँबाट स्नान गर्न आउँछन् ।

सर्वसाधारणहरुले कुण्डमा पूर्वाधार निर्माणमा पनि सघाएका छन् । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका ममता गर्बुजाले करिब रु. १ लाख पचास हजार खर्च गरेर सडक देखि पोखरी सम्म पुग्ने रेलिङ सहितको पदमार्ग बनाइदिनुभएको वडा अध्यक्ष खड्काले बताउनुभयो ।

चिसो याममा तातोपानीमा शरिर डुबाएर स्नान गर्दाको छुट्टै आनन्द छ । बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने आउने पर्यटकहरु पनि कुण्डमा स्नान गर्न आउन थालेका छन् । सात दिन स्नान गर्दा रु. ३५० र एक पटक स्नान गर्न रु. ३० शुल्क तोकिएको छ ।

तातोपानीको पोखरी नजिकै कपडा फेर्ने ठाउँ, अर्को मुहानमा धारा र सार्वजनिक शौचालय बनाउने तयारी गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । उहाँका अनुसार सार्वजनिक शौचालय निर्माणका लागि चालु आर्थिक वर्षमा रु. आठ लाख बिनियोजन भएको छ ।

गत वर्ष प्रदेश सरकारको रु. पाँच लाख अनुदानमा पोखरी परिसरमा विश्रामका लागि पनि प्रयोग गर्न सकिने गरि सिडी निर्माण भएको थियो । बेनी–जोमसोम सडकको नजिकै भएको कुण्डको प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन पहल गरिएको अध्यक्ष पुनले बताउनुभयो ।

तातोपानीको वैज्ञानिक अध्ययन अनुसन्धानको पनि आवश्यकता देखिएको छ । अन्नपूर्ण गाउँपालिकाकै –२ नम्बर वडा भुरुङ्गमा रहेको तातोपानी कुण्ड पर्यटकीय, वडा नम्बर ५ को पाउद्धार र बेनपा –४ सिंगाको तातोपानी कुण्ड प्राकृतिक उपचार स्थलको रुपमा प्रसिद्ध छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...