विकास संगै सुशासन चाहिन्छ ः प्रदिप पौडेल

Gandaki Pardesh notice

बेनी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुशासनले मात्रै नागरिकलाई खुसी र सन्तुष्टि दिने सकिने बताउनुभएको छ ।
नेपाली काँग्रेस म्याग्दीले आइतवार बेनीमा आयोजना गरेको समुदायमा काँग्रेस अभियान अन्तरगत संवाद कार्यक्रमलाई सम्वोधन गर्दै पौडेलले विकासले मात्रै नागरिकलाई सन्तुष्टि दिन नसक्ने बताउँदै सुशासन कायम गर्न आबश्यक रहेकोमा जोड दिनुभयो ।
‘‘मुलुकमा व्यवस्था परिवर्तन भयो, भौतिक पूर्वाधारको क्षेत्रमा व्यापक विकास पनि भयो, मानव विकास सुचाकाङ्कमा पनि बढ्यो, तर आज मुलुकमा यतिधेरै नागरिक निरास छन्, बाटो बनाएर, विद्यालय र अस्पतालको सख्ंया थपेर मात्रै नागरिक सन्तुष्ट बन्ने रहेनछन, नागरिकलाई सरकार र राज्यको व्यवहारले खुसी बनाउने रहेछ’’– नेता पौडेलले भन्नुभयो ।

Bhautik ministry notice about road


मुलुकमा विकास र राज्यका सेवा पहुँचका आधारमा हुने प्रवृतिले नागरिकलाई समानुपातिक र समावेशी विकासको अनुभूति नदिएको उहाँको भनाई थियो । वि.स. २०४८ सालयता मुलुकमा सडक, शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगार, मानव विकास सुचाकाङ्क, अर्थतन्त्र लगायतको क्षेत्रमा व्यापक विकास, सुधार र परिवर्तन भएको उल्लेख गर्दै उहाँले मुलुकमा निरासा बढेर युवाजनशक्ति विदेश पलायन हुने क्रमले आम रुपमा चिन्ता बढाएको बताउनुभयो । उहाँले जनताले जनप्रतिनिधिलाई शासक नभएर सेवकको भूमिकामा खोजेको बताउँदै सुशासनलाई राज्यले प्रमुख कार्यभार बनाउनुपर्ने धारणा राख्नुभयो ।

Shreekrishna hardwear in news


उहाँले विकास निर्माण योजनालाई अलपत्र पार्ने निर्माण व्यवसायी र सहकारीको रकम हिनामिना गर्ने व्यक्तिहरुलाई राजनीतिक संरक्षण दिन नहुने बताउँदै शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतको क्षेत्रमा देखिएको अस्तव्यस्तामा राज्यको भूमिका जनताले खोजीरहेको उल्लेख गर्नुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र र अन्य व्यवस्था हुन नसक्ने दावि गर्दै जनताको अवस्था बदल्नुपर्ने आबश्यकता औँल्याउनुभयो ।
म्याग्दीमा निर्माणधिन बेनी अस्पताल भवन, बेनी–मालढुंगा सडक, बेनी–जोमसोम सडक लगायत ढिलासुस्तीले थलिएका आयोजनाहरुलाई गती दिलाउन आफुले सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । नेता पौडेलले आगामी निर्वाचनमा काँग्रेसले चुनाव अघिको गठबन्धन नगर्ने स्पष्ट पार्दै जनताबाट आएका प्रश्न र सुझाबहरुकै आधारमा पार्टीको नीति, योजना र एजेण्डालाई निर्माण गर्ने समेत जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा सहभागीहरुले जिल्लाको समसामयिक बिषय, मुलुकको राजनीतिक अवस्था र काँग्रेस पार्टीभित्रको वैचारिक अन्तरद्धन्द्ध र मुलुकभित्र देखिएका आर्थिक, सामाजिक र राजनैतिक समस्याहरुप्रति प्रश्न, जिज्ञासा र सुझाब समेत राखेका थिए ।
कार्यक्रममा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले जनताको समस्या र गुनासा सुन्न पार्टीले समुदायमा काँग्रेस अभियान सञ्चालन गरेको बताउँदै यस अभियानले जनताको समस्यालाई पहिचान गरि समाधान गर्न र काँग्रेसलाई समुदायमा स्थापित गर्न सघाउने धारणा राख्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका कार्यवहाक सभापति हरिकुमार श्रेष्ठको अध्यक्षता र सचिब भरतबहादुर रकालको सञ्चालनमा सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...