दग्नाम स्वास्थ्य चौकीको भवन निर्माण

Gandaki Pardesh notice

साधन राम्जाली÷धनिलाल गर्बुजा
बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना, बागलुङको रु. एक करोड ५९ लाख ७८ हजार लागतमा निर्माण भएको भवनको प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले आइतबार एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो ।

बागलुङको बन्धन भगवती देभ एण्ड सायर तिलक जेबीले बि.सं.२०७८ असारमा सो भवन निर्माणको ठेक्का लिएको थियो । उद्घाटन कार्यक्रममा सांसद भवन निर्माण भएपछि सेवा प्रवाह सहज हुने बताउदै उपकरण र सामग्रीको व्यवस्थापनका लागि पहल गर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news

उहाँले म्याग्दीमा प्रदेश र संघीय सरकारबाट भित्रिएका आयोजनालाई गुणस्तरीय र समयमै निर्माण सम्पन्न गर्न सबै चनाखो हुनुपर्नेमा जोड दिनुभयो । निर्माण व्यवसायी भुपेन्द्र खड्काका अनुसार, दुई तलाको भवनमा दुई वटा आवासीय प्रयोजन सहित ९ वटा कोठा, सार्वजनिक सौचालय लगायत संरचना निर्माण भएका छन् ।

Bhautik ministry notice about road

सोलार वाटर हिटर र इन्भटर पनि जडान गरिएको छ । १८ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य भएपनि समयमै जग्गा व्यवस्थापन नहुँदा थप गरिएको आठ महिना अगावै पुसमा भवन निर्माण सकेर हस्तान्तरण भएको भवन निर्माण आयोजना कार्यालय प्रमुख सुनिता श्रेष्ठले बताउनुभयो । भुकम्प प्रतिरोधी र अपाङ्गमैत्री भवन निर्माण भएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्य चौकी इञ्चार्ज सुकमति गर्बुजाले पहिले साँघुरो कोठा भएका भवनबाट सेवा दिँदै आएको बताउनुभयो । उहाँले भवन निर्माण भएपछि स्वास्थ्य सेवा प्रवाहमा सहज हुने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार, भवन निर्माणका लागि दग्नाम घर भई हाल बेनी निवासी टेकबहादुर थजालीले आठ लाख मुल्य बराबरको पाँच रोपनी जग्गा चार लाख रुपैयाँमा प्रदान गर्नुभएको बताउनुभयो । जग्गा खरिदका लागि अध्यक्ष भण्डारी र ४ नम्बर वडाका निवर्तमान वडा अध्यक्ष रुकबहादुर गर्बुजाको नेतृत्वमा आर्थिक सहयोग रकम सङ्कलन गरिएको थियो । आइतबार जग्गादाता थजालीलाई सम्मान गरिएको छ ।


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, वडा अध्यक्ष पविन गर्बुजा, वडा नम्बर २ का वडा अध्यक्ष अमृत भण्डारी, स्वास्थ्य शाखा प्रमुख टिकाबहादुर शाही लगायतले बोल्नुभएको थियो ।

रघुगंगा गाउँपालिकाको पञ्जिकरण शाखाकी फिल्ड सहायक फुलमाया गर्बुजाले संचालन गर्नुभएको कार्यक्रममा दर्मिजा स्वास्थ्य इकाइकी अहेव बिमा पाइजाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जनता माविका विद्यार्थी र शिक्षक, आमा समुह, क्लबका कलाकार, स्वास्थ्यकर्मी लगायतले नृत्य प्रस्तुत गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...