जनताको गुनासो सुन्न बेनीमा आज काग्रेसको सार्वजनिक सुनुवाई

Gandaki Ghumau

बेनी, समुदायको गुनासो सुन्न आज बेनीमा सार्वजनिक सुनुवाई म्याग्दीको सदरमुकाम बेनीस्थित बिरेन्द्रचोकमा आइतबार नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तरगत सार्वजनिक सुनुवाईको आयोजना गरिएको छ ।

Gunasthariya Shiksya

प्रतिनिधिसभाका सदस्य तथा यूवा नेता प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा हुने सुनुवाई कार्यक्रममा म्याग्दीबासीले अपेक्षा, सुझाव र गुनासा राख्न पाउने कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठले बताए । समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस अभियान’ अन्तरगत आइतबार ११ बजेदेखि सार्वजनिक सुनुवाई हुने कांग्रेसले जनाएको छ ।

स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने, जनताबाट आएका सुझावलाई त्यहीँ कार्यान्वयनका लागि पहलकदमी लिनका लागि यो अभियान सञ्चालन गरिएको हो । यस अभियानमा औपचारिक आसन ग्रहण र मन्तव्यलगायत कार्यक्रमहरू छैनन् भने सुरुमै पार्टीको वर्तमान अवस्था र अब गर्नुपर्ने कामका लागि सुझाव माग गरिने छ ।सर्वसाधारणलाई कांग्रेसप्रति र समुदायमा आवश्यकता र समस्याका बारेमा आफ्ना समस्या र गुनासाहरु खुलेरै राख्न आग्रह गरिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...