बिकु फ्यामीली कपको उपाधी आयोजकको कालो समूहलाई

Gandaki Pardesh notice

बेनी, २० माघ ः म्याग्दीको बेनीमा शनिबार सम्पन्न प्रथम बिकु फ्यामीली कप फुटबल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ ।

जलजला गाउँपालिका–३ वारीबेनीको बिकु फ्यामीली समूहको आयोजना र बेनी नगरपालिका–७ को न्यु दोभान युवा क्लवको सहआयोजनामा चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २४ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता सेभेन ए साइड खेलाइएको थियो ।

बेनीको खुल्ला मञ्चमा भएको फाइनलमा आयोजकको सेतो समूहलाई शून्यका विरुद्ध २ गोल गर्दै आयोजकको अर्को कालो समूहले उपाधी जितेको हो । बागलुङ सुधार गृहलाई एकका विरुद्ध दुई गोल गर्दै बेनीको एभरग्रिन युवा क्लव तेस्रो बनेको बिकु फ्यामीलीका अध्यक्ष सुजन बुढाथोकीले बताउनुभयो ।

Shreekrishna hardwear in news

प्रतियोगितामा बिजेता, उपबिजेता र तृतीयले कप, ट्रफी र मेडल सहित क्रमश नगद रु. एक लाख ४० हजार, रु. ७७ हजार ७७७ र रु. २२ हजार २२२ पुरस्कार प्राप्त गरेका छन् । बिकु फ्यामीलीको कालो टिमका बिकास लामा उत्कृष्ट खेलाडी, सेतोका पुर्णेश्वर कार्की उत्कृष्ट गोलरक्षक, कालोका पुरन छन्त्याल उत्कृष्ट डिफेण्डरको पुरस्कार पाउनुभयो ।

Bhautik ministry notice about road

बिकु कालोका दिनेश घर्तिमगरले सर्बाधिक चार गोल गर्नुभयो । विभिन्न बिधामा उत्कृष्ट खेलाडीहरुले नगद रु. चार हजार ४४४ नगद सहित ट्रफी र मेडल प्राप्त गर्नुभयो । प्रतियोगितामा फेयर प्ले अवार्ड प्राप्त गरेको कालिपुल युनाइटेड क्लबले नगद रु. आठ हजार ८८८ र ट्रफि प्राप्त गरेको छ ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुमार गुरुङ र जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा विदेशी खेलाडीले म्याग्दीको बेनीमा आएर आफ्नो खेल कौशल प्रस्तुत गरेका थिए ।

बिकु फ्यामिलिका तर्फबाट अफ्रिका महादेशको नाइजेरीयन खेलाडी अलु ओलासले पनि प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगिताको समापनमा बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले खेलकुद क्षेत्रमा महिला उपस्थिति कम भएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो ।

उहाँले मैदानमा खेलकुद हुँदै गर्दा नाचगानमा मात्रै महिलाहरुको प्रयोग तथा उपस्थिति भएको भन्दै चिन्ता जनाउनु भएको थियो । उहाँले अर्को वर्ष विकु फ्यामिलिले महिलाको प्रतियोगिता आयोजना गर्नु पर्ने भन्दै अर्को पटक मैदानमा नारीको उपस्थिति हेर्ने आफ्नो चाहना रहेको धारणा राख्नु भएको थियो । बिकु फ्यामिलिका अध्यक्ष सफल बुढाथोकीको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रमको सञ्चालन सुमित सुवेदीले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...