म्याग्दीमा १३ जना कोरोना संक्रमित थपिए

Sinchai Khanipani notice

मालिका गाउँपालिकाको सेवा र दरवाङ बजार बन्द

बेनी । म्याग्दीमा बुधबार एकै दिन १३ जना कोरोना (भाइरस)का संक्रमित थपिएका छन् ।

पोखरा स्थित प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा बेनी नगरपालिकाका ११, मंगलाका १ र ठेगाना नखुलेका १ जनामा कोरोना पुष्टि भएको हो ।

Shreekrishna hardwear in news

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिउँसो ४ः२० मा जारी गरेको विज्ञप्ति अनुसार प्रदेशभर ६८ जना संक्रमित थपिएका छन् ।

बेनी नगरपालिका–७ का वर्ष १८, ५४, २८ र ३० वर्षका महिला, वर्ष २३, ५४, २१ र ५२ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ । यसैगरी बेनी नगरपालिका–८ का वर्ष ३७ का एक, ५ का ३१ वर्ष र २ का ४४ वर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

Bhautik ministry notice about road

मंगला गाउँपालिका १ ठेगाना भएका ४८ वर्षीय पुरुष र ठेगाना नखुलेका वर्ष ३३ का अर्का पुरुषमा पनि कोरोना पुष्टि भएको छ । ठेगाना नखुलेका संक्रमित दरवाङमा कार्यरत भएको मालिका गाउँपालिकाले जनाएको छ ।

बेनी–८ ठेगाना भएका संक्रमित गण्डकी प्रदेश सभा सदस्य बिनोद केसी हुनुहुन्छ । यस्तै बेनी–७ ठेगाना भएका संक्रमितहरु मध्य नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ हुनुहुन्छ । श्रेष्ठले मंगलबार साँझ आफू सहित भाई, श्रीमती र दुई जना छोरीमा कोरोना पुष्टि भएको र स्वास्थ्य अवस्था सामान्य रहेको सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको थियो ।

अन्य संक्रमितहरु पनि यसअघि पहिचान भएका संक्रमितको कन्ट्याक्ट टे«सिङमा परेका हुन् । नयाँ थपिएका संक्रमितहरुको बारेमा स्वास्थ्य कार्यालय, म्याग्दीको बिज्ञप्ति आउन बाँकी छ । आधिकारित निकायबाट पुष्टि नहुँदै मंगलबारनै म्याग्दीमा १६ जना संक्रमित थपिएका समाचारहरु सार्वजनिक भएका थिए ।

पछिल्लो पटक थपिएका सहित म्याग्दीमा कोरोना संक्रमितको संख्या १०८ जना पुगेको छ । करिब दुई हजार वटा स्वाबको नमुना परिक्षण गरिएको छ । यसैबीच पालिकाको केन्द्र दरवाङमा कार्यरत एक पुरुषमा कोरोना पुष्टि भएपछि मालिका गाउँपालिकाले बिहीबारदेखि एक हप्ताका लागि सेवा प्रवाह बन्द गर्ने जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माद्धारा जारी बिज्ञप्तिमा गाउँपालिका कार्यालयबाट अति आवश्यक र आन्तरिक बाहेकका काम तथा सेवा प्रवाह बन्द गरिएको उल्लेख छ । पालिका स्तरीय संकट ब्यवस्थापन समितिको मंगलबारको बैठकले दरवाङ बजारको पसल समेत बन्द गराउने निर्णय गरेको थियो । सदरमुकाम बेनीमा कोरोना फैलिन नदिन कात्तिक १४ गतेदेखि २१ गते सम्मका लागि बजार र सेवा प्रवाह बन्द गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...