मुस्ताङ र म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात

Gandaki Pardesh notice

बर्षाले हिउँदेबालीलाई फाइदा
बेनी, ः मुस्ताङ र म्याग्दीको उच्च पहाडी क्षेत्रमा बिहिबार वर्षा र हिमपात शुरु भएको छ ।

मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाको अधिकांश ठाउँमा हिमपात भएको हो । म्याग्दीको उच्च पहाडी क्षेत्रमा पनि हिमपात र सबै जसो ठाउँमा बर्षा भएको छ ।

हिमपात र बर्षाले हिउँदे तथा हिमाली फलफुल खेतीलाई फाइदा गर्ने कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताउनुभयो । मुक्तिनाथ भन्दा माथिल्लो क्षेत्रमा हिउँ जमेको र तल्लो क्षेत्रमा साँझसम्म हिउँ नजमेको उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news

“यसपटकको हिउँ र बर्षाले हिउँदेबाली तथा हिमाली फलफुलका लागि फाइदा गरेको छ,” बस्ताकोटीले भन्नुभयो “हिउँले जमिनमा राखेको मल भिजाउन, सिचाईका साथै स्याउ, ओखरको परागशेचन प्रक्रीयाका लागि चिसो वातावरण बनाउन सहयोग गरेको छ ।”

Bhautik ministry notice about road

स्याउको परागशेचनका लागि एक हजार पाँच सय घण्टा सात डिग्री भन्दा कम तापक्रम आवश्यक पर्ने बस्ताकोटीले बताउनुभयो । हिउँले सुख्खा भएको जमिनलाई भिजाउने र खेतबारीमा राखेको मलको पौष्टिक तत्व बिरुवाले उपभोग गर्न सहज हुने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका कृषक डिलबहादुर बरुवालले बताउनुभयो ।

हिमपात र चिसोले जनजिवन प्रभावित बनेको छ । सर्वसाधारण घरभित्रै आगो तापेर बसेका छन् । गाईवस्तु र भेडाच्याङग्रालाई गोठमै सुख्खा घाँस खुवाएर राखिएको छ ।

म्याग्दीको धवलागिरी गाउँपालिकाको गुर्जा, अन्नपूर्ण गाउँपालिकाको खोपारा, मोहरेडाडा, घोडेपानीमा पनि हिउँ परेको छ । डाडाहरु हिउँले सेताम्मे भएको र चिसो बढेको धवलागिरी गाउँपालिका–१ गुर्जाको जनकल्याण माविका प्रअ न्याउली छन्त्यालले बताउनुभयो ।

वर्षापछि आकाश खुल्ने र मौसम सुधार हुने अपेक्षा गरिएको छ । धुलोका कारण हुने वायु प्रदुषण न्युनीकरण हुनेछ । करिब २० दिनयता बदली हुँदा आकाश खुलेको थिएन् । घुम्म परेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...