असल छिमेकीद्धारा पहिरो प्रभावितलाई खाद्यान्न बितरण

Sinchai Khanipani notice

बेनी । पोखराको असल छिमेकी नेपाल संस्थाले धवलागिरी गाउँपालिकाका पहिरो प्रभावितहरुलाई खाद्यान्न बितरण गरेको छ ।

आर्थिक विपन्नता, कमजोर, वुद्ध र अपाङ्गलाई लक्षित गरेर ८५ घरधुरीलाई वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरुको रोहबरमा खाद्यान्न बितरण गरेको संस्थाले जनाएको छ । गाउँपालिकासँग समन्वय गरेर प्रति परिवार दुई हजार ६८२ रुपैयाँ मूल्य बराबरको खाद्यान्नका साथै सरसफाइका सामग्री उपलब्ध गराएको हो ।

Bhautik ministry notice about road

प्रति परिवार २५ किलोको स्टिम जिरा चामल एक बोरा, ३ किलो दाल, २ किलो गेडागुडी, १ किलो नुन, १ लिटर खानेतेल, २ थान लुगा धुने र दुई थान नुहाउने साबुन, १ थान दन्त मजन र ४ थान ब्रस बितरण गरिएको थियो ।

Shreekrishna hardwear in news

दशै अगाडीनै वितरण गर्ने योजना बनाएपछि सडक यातायात अवरुद्ध भएकाले १ महिना पछि धकेलिएको खाद्यान्न बितरण कार्यक्रम कोरोना भाइरसको जोखिमका कारणले १५ दिन पछि सारिएको थियो ।

चुनौतिपूर्ण कच्चि बाटो, कोरोना महामारीले सिर्जना गरेको त्रासका बीच पालिकाको समन्वय, सहयोगमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर खाद्यान्न बिरण गरिएको संस्थाका कर्मचारीहरुले बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...