बिकु फ्यामिली कप मंगलबारदेखि

Gandaki Pardesh notice

बेनी । बेनीमा मंगलबारदेखि शुरु हुुने सर्वाधिक पुरस्कार राशिको बिकु फ्यामिलि कप–२०८० फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । माघ २० गतेसम्म बेनीको खुल्लामञ्चमा सेभेन ‘ए’ साइड फुुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

पर्वतको जलजला गाउँपालिका–३ मल्लाजचोक पर्वत बेनीमा रहेको बिकु फ्यामिलीले आयोजना गरेको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको तयारी पुरा भएको अध्यक्ष सफल बुढाथोकीले जानकारी दिनुभयो ।

खुल्ला मञ्चमा सोमबार भएको पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफि सार्वजनिक गरिएको थियो । प्रतियोगितामा बिजेताले रु. एक लाख ४० हजार पुरस्कार प्राप्त गर्नेछन् । उपबिजेता र तेस्रो हुनेले क्रमश ः रु. ७७ हजार ७७७ र रु. २२ हजार २२२ नगद पुरस्कारका साथ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

फेयर प्ले अवार्ड सहित नगद रु. आठ हजार ८८८, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक र उत्कृष्ट डिफेन्सलाई नगद रु. ४ हजार ४४४ सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने बिुक फ्यामिलिका खेल संयोजक पुरन छन्त्यालले जानकारी दिनुभयो ।

प्रतियोगितामा विदेशी खेलाडीलाई समेत सहभागिता गराउन पाइने बिकु फ्यामिलिका सल्लाहकार आशिष भुजेलले जानकारी दिनुभयो । म्याग्दीका पुराना फुटबल खेलाडी दोरण शेरचनलाई सम्मान गर्नुका साथै जिल्लाबाट खेल्दै राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा सहभागि भएका खेलाडीहरुको पहिचान सहित उचित सम्मान गरिने छ ।

शेरचनले जाउलाखेल युथ क्लबबाट व्यवसायीक रुपमा ‘ए’ डिभिजन लिग फुटबल खेल्नु हुन्थ्यो । विदेशी खेलाडी समेत हरेक टिमले सहभागी गराउन पाउने र एउटा टिमले बढीमा तीन जना सम्म विदेशी खेलाडीलाइ मैदानमा उतार्न सक्ने उहाँको भनाई छ ।

पत्रकार सम्मेलनमा जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँ, न्यू दोभान युवा क्लबका अध्यक्ष उपेन्द्र गिरीलगायतले बोल्नु भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...