विरगञ्जमा प्रेस सेन्टर नेपालको केन्द्रीय समिति तथा राष्ट्रिय परिषद् बैठक सुरु

Gandaki Pardesh notice

विरगञ्ज । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी, केन्द्रीय समिति तथा राष्ट्रिय परिषद् बैठक आइतबार देखि पर्साको वीरगञ्जमा सुरु भएको छ ।

सोमबारसम्म वीरगञ्जस्थित टाउन हलमा संचालन हुने बैठकमा सङ्गठनका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला अध्यक्ष सहित गरी करिब पाँच सय जनाको सहभागिता रहेको प्रेस सेन्टरले जनाएको छ ।

Bhautik ministry notice about road

बैठकमा पत्रकार सुद्धिकरण, पत्रकारको क्षमता विकास, सङ्गठनको साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनसँगै विधान संशोधन मस्यौदा र नेपाल पत्रकार महासङ्घको आगामी निर्वाचन लगायत विषयमा छलफल गरिने ‘एजेन्डा’ तय भएको प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले बताउनु भयो । प्रदेशगत रुपमा समूह विभाजन गरी एजेन्डामा दफावार छलफल हुने उहाँले बताउनु भयो ।

Shreekrishna hardwear in news

प्रेस सेन्टर नेपालको २०औँ स्थापना दिवसका अवसरमा सोमबार वीरगञ्जमा प्रभातफेरी सहित बिषेश कार्यक्रम आयोजना गरिँदै छ । स्थापना दिवस तथा पुुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने महासचिव पौडेलले बताउनु भयो । गण्डकी प्रदेशबाट २२ जनाको सहभागिता रहेको प्रेस सेन्टर नेपालका गण्डकीका प्रदेश महासचिव सन्तोष गौतमले बताउनु भयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...