पब्लिक क्याम्पस प्राध्यापक संघ म्याग्दीमा जिसी

Gandaki Pardesh notice

बेनी, । म्याग्दी बहुमुुखी क्याम्पसको पब्लिक क्याम्पस प्राध्यापक संघको अध्यक्षमा प्रेम जिसी चयन हुनुभएको छ ।

संघको बेनीमा शनिबार सम्पन्न छैटौ अधिवेशनबाट जिसीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा देवराज शर्मा, सचिवमा नारायणप्रसाद पौडेल, सहसचिव बिष्णु आचार्य र कोषाध्यक्षमा मेघा रिजाल रहनुभएको छ । हिराबहादुर बरुवाल, ज्ञानेन्द्र सुवेदी, मदन सुवेदी र मनिता रायमाझी सदस्य चयन हुुनुभएको छ ।

Bhautik ministry notice about road

संघका अध्यक्ष नारायणप्रसाद सुवेदीको अध्यक्षता, सचिव देवराज शर्माको सञ्चालन र पब्लिक क्याम्पस प्रध्यापक संघका गण्डकी प्रदेश उपाध्यक्ष समेत रहनुभएका क्याम्पस प्रमुख गोरखबहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Shreekrishna hardwear in news

दर्शनाचार्य (एमफिल) गर्नुुभएका क्याम्पसका सह–प्राध्यापक टिकाराम सापकोटा र प्राध्यापक हिरा बरुवाललाई सम्मान गरिएको कार्यक्रममा पब्लिक क्याम्पस प्राध्यपाक संघ गण्डकीका सहसचिव श्रीधर सुवेदीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...