प्रदेश सांसद केसी र नेकपाका सचिव श्रेष्ठलाई कोरोना संक्रमण

Gandaki Pardesh notice

बेनी । गण्डकी प्रदेश सभाका सदस्य बिनोद केसी र नेकपा म्याग्दीका सचिब हरिकृष्ण श्रेष्ठलाई कोरोना (भाइरस) संक्रमण भएको छ ।

सामान्य रुघा र ज्वरो आएपछि स्वाब परिक्षण गर्ने क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएको सांसद केसीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनुभएको छ । रुघा र ज्वरो आएपछि घरमै बस्नुभएका सांसद केसीले आफूसँग भौतिक रुपमा नजिक भएका व्यक्तिहरुलाई साबधानी अपनाउन अनुरोध गर्नुभएको छ ।

यसैगरी कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएका नेकपा म्याग्दीका सचिब श्रेष्ठ सहित उहाँका परिवारका सदस्यहरुको पिसिआर परिक्षण गराउदाँ ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

श्रेष्ठकी श्रीमति नानु श्रेष्ठ, भाइ कमल श्रेष्ठ र दुई छोरीलाई पनि कोरोनो संक्रमण भएको हो । उहाँहरुमा कोरोनाको लक्षण भने देखिएको छैन् । अन्य व्यक्तिहरुमा पनि कोरोना पुष्टि भएको बताइएपनि आधिकारिक निकाय स्वास्थ्य कार्यालयले पुष्टि गर्न बाँकी छ ।

धेरै जनासँगै सम्पर्क हुने ब्यवसायिक, राजनीतिक ब्यक्तिहरुमा कोरोना देखिन थालेपछि बेनीमा गत शुक्रबार राती देखि यातायात र अत्यावश्यक बाहेकका सेवा र बजार बन्द गरिएको छ ।

कोरोना फैलिन नदिन बेनी नगरपालिका र उद्योग बाणिज्य संघको अनुरोधमा स्थानीय प्रशासनले सेवा तथा बजार बन्द गराउने निर्णय लिएको हो । मालिका गाउँपालिकाले पनि दरवाङ बजारमा अति आवश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

म्याग्दीमा कोरोना संक्रमितको संख्या १०० नाघेको छ । ३५ जना सक्रीय संक्रमित छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...