एमाले म्याग्दीमा सर्वसम्मत नेतृत्व चयन

Gandaki Pardesh notice

बेनी, । नेकपा एमाले म्याग्दीको दशौ जिल्ला सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ ।

सम्मेलनले बालकृष्ण सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटि चयन गरेको हो । रघुुगंगा गाँउपालिका–३ मौवाफाँटका सुुवेदी यसअघि एमालेको जिल्ला उपाध्यक्ष, सचिव, सचिवालय सदस्य हुुनुुभएको थियो । उपाध्यक्षमा प्रमोद श्रेष्ठ, सचिवमा थमसरा पुन, उपसचिवमा मंगलाका सतप्रसाद रोका र अन्नपूर्णका खड्ग गिरी चयन हुनुुभएको छ ।

नबनिर्वाचित अध्यक्ष सुवेदीलाई नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले प्रमाणपत्र प्रदान गर्नुका साथै सपथ गराउनु भएको थियो । नवनिर्वाचित अध्यक्षले मन्तव्य व्यक्त गर्दै देशमा राजनैतिक पार्टीलाई हेर्ने हेराई नै परिवर्तनका लागि आफ्नो टिमले काम गर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news

लोकतन्त्र कमजोर हुँदा राष्ट्रियता र सार्वभौमसत्ता कमजोर हुने एमाले पहिलो शक्ति हुनै पर्ने उहाँको जिकिर थियो । मुलुकलाई अग्रगतिमा लैजान एमाले कै नेतृत्व चाहिने र त्यसका लागि म्याग्दीबाटै सुदृढ अनि मजबुत एमाले बनाउदै अग्रपंक्तिमा आफ्नो उपस्थिति देखाउनका लागि आफूहरु कटिबद्ध रहने बताउनुभयो ।

जिल्लामा कुनै बरियता कामय गर्न वा व्यक्तिगत विवरणमा एउटा बुँदा थप्न मात्रै नभएर नयाँ एवम् मजबुत काम गर्न नेतृत्वमा आएको बताउनुभयो । जिल्ला कमिटीमा आएको कसैले पनि पार्टी र जनताका पक्षमा काम नगरी बस्ने छुट नभएकोले सबैले आ–आफ्नो जिम्मेवारीलाई उच्च गतिमा पुरा गर्ने तर्फ पुरै जिल्ला कमिटी लाग्ने उहाँको भनाई थियो । लोकप्रिय मतको आधारमा मुलुकमै पहिलो पार्टी एमाले केही कारणले पछाडी परेको भए पनि म्याग्दीमा एमालेलाई पहिलो शक्ति बनाउनका लागि आफ्नो प्रयास रहने उहाँले बताउनु भएको थियो ।

त्यसैगरी खुल्ला सदस्य ७ जना तर्फ बेनी नगरपालिका–७ का राजेश शाक्य, मालिका गाउँपालिका–७ का बेगप्रसाद गर्बुजा, बेनी नगरपालिका–२ का डम्बरबहादुर सापकोटा, धवलागिरी–७ की अमृता भण्डारी, धवलागिरी–५ का देउप्रसाद छन्त्याल, अन्नपुर्ण –५ कि दिवा कुमारी तिलिजा पुन, मंगला–१ कि गौमती राम्जाली र बेनी नगरपालिका–१० का देवी प्रसाद शर्मा चयन हुनु भएको छ ।

Bhautik ministry notice about road

युवा सदस्य तर्फ मालिका –६ का सुनिता विश्वकर्मा, तारामान रोका, बेनी नगरपालिका–६ का लक्ष्मण केसी, शिशिर शाही, रघुगंगा–३ का प्रविण शाही, धवलागिरी –६ का इश्वर सुवेदी, मंगला–४ का लक्ष्मी बुढाथोकी रोका, बेनी–४ का ज्ञानु कार्की, ५ का प्रकाश पौडेल, बेनी–१ का गौरी थापा मगर र बेनी –९ का खिमबहादुर चोखाल रहनुभएको छ ।

दलित सदस्य तर्फ बेनी–६ का शुवास बिश्वकर्मा, बलबहादुर बिश्वकर्मा, अन्नपुर्ण–२ का विष्णु कुमारी दमाई, धवलागिरी–२ का बलबहादुर बि.क. र मालिका–२ की प्रतिक्षा रसाइली रहनुभएको छ । मजदुर तफ बेनी नगरपालिका–८ कि बलादेवी राई, अल्पसंख्यक तर्फ धवलागिरी गाउँपालिका–७ का रेशम छन्त्याल, रघुगंगा गाउँपालिका–८ का चन्द्रमान छन्त्याल निर्वाचित हुनुभएको छ ।

भुगोल तर्फ अन्नपुर्ण गाउँपालिकाबाट माइलन पुर्जा पुन, कृष्णबहादुर पुन, दिलिपकुामर गर्बुजा, देवकुमारी पुन, लक्ष्मी खड्का चयन हुनुभएको छ । त्यस्तै रघुगंगा गाउँपालिकाबाट बालकृष्ण कार्की, खिमबहादुर शाही, ओमबहादुर पुन, तेजकुमारी पुन नेकपा एमालेको जिल्ला कमिटीमा चयन हुनुभएको छ ।

बेनी नगरपालिकाबा भुगोल तर्फ नारायण शर्मा, टकसरा राना, राजेन्द्रकुमार श्रेष्ठ, नारायण कार्की, बेलबहादुर चोखाल, धनबहादुर रोका, किरण बानियाँ, विष्णुकुमारी गुरुङ, दिलबहादुर थापा मगर, दिपेन्द्र खत्री, लिलाराम गौतम, कृष्ण सिंह बानियाँ, मिना राम्जाली र पशुपती शाही चयन हुनुभएको छ ।

मंगला गाउँपालिकाबाट डिलकुमारी खत्री, प्रेमकुमारी अधिकारी, हिराबहादुर फगामी, जितबहादुर किसान, यसुदा रोका, शिव बिक, दिलबहादुर क्षेत्री, धनबहादुर खाती क्षेत्री, ऋषिकेश तिवारी चयन हुनुभएको छ । मालिका गाउँपालिकाबाट सागर शर्मा, बुद्धिबहादुर पुन, मनकुमारी पुन, विशाल अनुरागी, सिता कुमारी गुरुङ, कुलबहादुर घर्ती जिल्ला कमिटीमा प्रतिनिधित्व गर्नुभएको छ । त्यसैगरी धवलागिरी गाउँपालिकाबट दिनेश खत्री, देवबहादुर थापा, शान्त गर्बुजा, मदन मल्ल र गोरी बुढा चयन हुनुभएको छ ।

जिल्ला कमिटीको लेखा समिति संयोजकमा गोविन्द प्रसाद पौडेल र सदस्यमा कुलबहादुर थापा मगर निर्वाचित हुनु भएको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत विवश क्षेत्रीले जानकारी दिनुभयो । जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४१९ जना प्रतिनिधि सहभागि अधिवेशन शुुक्रबारदेखि शुुरु भएको थियो । गण्डकी प्रदेशका ११ मध्य म्याग्दीमा पहिलो पटक एमालेको जिल्ला अधिवेशन भएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...