शिख र प्रकाश माविलाई म्याग्दी कपको उपाधी

Gandaki Pardesh notice

बेनी, ः बेनीमा शनिबार सम्पन्न म्याग्दी कप भलिबल प्रतियोगिताको छात्रतर्फ प्रकाश मावि र छात्रा तथा महिला शिक्षकतर्फ शिख मावि बिजयी भएको छ ।

प्रतियोगिताका चार मध्य दुुई वटा स्वर्ण पदक जित्दै अन्नपूर्ण गाउँपालिका–५ को शिख माविले वर्चश्व कायम गरेको छ । छात्रा र महिला शिक्षकहरुको भलिबल प्रतियोगितामा दुुई वटा स्वर्ण पदक जितेको शिख माविले वर्चश्व कायम गरेको हो ।

छात्र भलिबलमा बेनीको प्रकाश मावि र पुरुष शिक्षकहरुबीचको खेलमा मंगला गाउँपालिका–२ बाबियाचौरको डनिङ आवासीय मावि बिजयी भएको आयोजक जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाले बताउनुभयो ।

Shreekrishna hardwear in news

छात्रा भलिबलको बिजेता शिख माविले नगद रु. २५ हजार सहित ट्रफि जितेको छ भने उपबिजेता बनेका बेनीको प्रकाश माविले रु. १० हजार र ट्रफिमा चित्त बुझाएको छ । शिक्षिकाहरुबीचको खेलमा बिजयी शिखले रु. बीस हजार र उपबिजेता माउन्ट एभरेष्ट आवासीय माविले रु. दश हजार सहित ट्रफी जितेको छ ।

Bhautik ministry notice about road

छात्र भलिबलमा बिजयी प्रकाश माविले नगद रु. ५० हजार र कप हात पारेको छ । उपबिजेता मालिका गाउँपालिका–७ को किसानी माविले रु. २५ हजार नगद र ट्रफीमा चित्त बुुझायो ।

पुुरुष शिक्षकहरुबीच भएको प्रतिस्पर्धामा बिजयी डनिङ आवासीय माविले नगद रु. २० हजार र ट्रफी हात पारेको छ । उपबिजेता बेनपा–९ तोरीपानीको गलेश्वर माविले रु. दश हजारमा चित्त बुुझायो । शिक्षक र शिक्षिकाहरुबीच जिल्लामै पहिलो पटक भलिबल प्रतियोगिता भएको हो ।

जिल्ला भलिबल संघ र जिल्ला प्रहरी कार्यालय म्याग्दी बिच भएको मैत्रिपुर्ण खेलमा सोझो सेटमा संघलाई पराजित गर्दै जिल्ला प्रहरीका खेलाडीले नगद रु. दश हजार हात पारे । चार दिनसम्म सञ्चालन भएको प्रतियोगिताको छात्र तर्फ १५, छात्रा तर्फ १२, शिक्षकहरुको २० र शिक्षिकाहरुको १० विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगिता सञ्चालनका लागि रु. दुुई लाख सहयोग गरेको गौमति विकास कोष मुुख्य प्रायोजक रहेको थियो ।

पुरस्कार वितरण गर्दै गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले खेलकुदको विकासका सबै एकजुट हुनुपर्ने बताउनुुभयो । अर्का प्रदेश सांसद विमला गौचनले पछिल्लो समयमा खेलकुद क्षेत्रमा महिला खेलाडीको सहभागी कम हुदै गएको भन्दै महिला खेलाडी उत्पादनमा पनि ध्यान दिनुपर्ने बताउनुुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...