टोड्के–धौलागिरी सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन शुरु

Gandaki Pardesh notice

बेनी, ः गण्डकी प्रदेशको म्याग्दी र मुुस्ताङ जिल्ला जोड्ने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन थालिएको छ ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग, नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र रघुुगंगा गाउँपालिकासंगको समन्वयमा टे«किङ्ग एजेन्सीज् एशोसियसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा शनिबारदेखि पदमार्गको खोज अनुुसन्धान तथा प्रर्वद्धन कार्यक्रम शुुरु भएको हो ।

म्याग्दीको रघुुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीय स्थल टोड्केमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र थापा र सचिव कुुमानसिंह गुुरुङले अध्ययन टोलीलाई बिदाई गर्नुुभयो ।

Shreekrishna hardwear in news

पर्यटन व्यवसायी, मन्त्रालयका कर्मचारी, प्राविधिक र पत्रकारहरुको २० जनाको अध्ययन टोली शुुक्रबार साँझ पोखरा देखि बेनी हुुदै टोड्के पुुगेको थियो । टोड्के देखि मालिका धुुरी–ठाडाखानी, –कुुइने, –चौरखानी, –घ्यासीखर्क, –सुगुरथला, कछुुवा ओडार, –धौलागिरी आधार शिविर, –कालीबराह हुुदै मुुस्ताङको लेते जोड्ने पदमार्गको अध्ययन गर्ने टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिनुुभयो ।

Bhautik ministry notice about road

“गण्डकी प्रदेशमा आउने पर्यटकका लागि नयाँ गन्तब्यको विकास तथा उनिहरुको बसाई लम्बाउने उद्देश्यले पदमार्गको खोजी र अध्ययनमा आएका हौ,” उहाँले भन्नुभयो “धौलागिरी हिमालको फेदीमा रहेको नेपालका अल्पसंख्यक छन्त्याल र आदिवासी जनजाती मगर समुुदायको बसोबास रहेको ठाडाखानी, कुुइनेमंगले बस्ती समेटिएको यो पदमार्गलाई धौलागिरी पानोरमा टे«क नामाकरण गरेका छौ ।”

धवलागिरी हिमशृङखला र आधार शिविरका साथै मगर, छन्त्याल संस्कृति, वनजंगल, ग्रामिण जिवनशैली, वन्यजन्तु, वनस्पति, पंक्षी, ताल, झरना, धार्मिक स्थलहरु आकर्षणका रुपमा रहेको यो पदमार्ग ७ दिनमा पुुरा गर्न सकिनेछ् । क्याम्पीङ पदयात्राका लागि उपयुुक्त मानिएको छ ।

यसअघि पहिचान भएको धौलागिरी सेञ्चुुरी र आइसफल पदमार्गमा छरिएर रहेका वस्तिहरुलाई जोड्न पानोरमा पदमार्गको अवधारणा अघि सारिएको हो । टोड्के देखि मालिका धुरी ठाडाखानी कुुइने हुुदै घ्यासीखर्क पुुगेपछि पानोरमा पदमार्ग धौलागिरी सेञ्चुुरी र आइसफलमा जोडिनेछ् ।

मन्त्री थापाले धवलागिरी हिमाललाई आधार मानेर पर्यटकीय पदमार्गको पहिचान, पूूर्वाधार निर्माण र प्रर्वद्धनमा प्राथमिकता दिएको बताउनुुभयो । मन्त्रालयका सचिव कुमानसिंह गुुरुङले पर्यटकको बसाई लम्बाउनका लागि नयाँ गन्तब्यको पहिचानमा जोड दिएको बताउनुुभयो । उहाँले पोखराको फेवाताल पारीको रानीबनमा राउण्ड फेवा, भ्युु फेवा पदमार्ग निर्माण गर्न लागिएको पनि बताउनुुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...