बेनीको हत्या घटना ः चार जना पक्राउ

Gandaki Pardesh notice

बेनी, म्याग्दीको सदरमुकाम बेनी बजारमा भएको हत्या घटनामा संलग्न चार जना पक्राउ परेका छन् ।

बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगंगा गाँउपालिका–१ बेगका २२ वर्षीय शुशिल गर्बुजाको बिहिबार साँझ बेनीको न्युरोडमा चक्कु प्रहार गरि हत्या भएको थियो । घटनामा संलग्नताको आरोपमा पक्राउ परेकाहरुको विवरण प्रहरीले शुक्रबार अपराहन्न सार्वजनिक गरेको हो ।

Bhautik ministry notice about road

हत्यामा संलग्न धवलागिरी गाउँपालिका–४ का २१ वर्षीय अमृत पुर्जा, शंकर घर्ति, रघुगंगा गाउँपालिका–७ का १९ वर्षीय उत्सव पुन र मंगला गाँउपालिका–२ का २३ वर्षीय जिवन जि.सी.लाई पक्राउ गरिएको प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

ज्यान सम्बन्धी कसूर÷मुद्दा शिर्षक अन्र्तगत म्याग्दी जिल्ला अदालतबाट बिहिबारदेखि ५ दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ । प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार छातिमा चक्कु प्रहार गरेर सख्त घाइते बनाएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पतालमा लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको छातीमा चोट लागेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...