छाडातन्त्र र अराजकताले समाजलाई सही बाटोमा डोर्याउन सक्दैन – पोख्रेल

Gandaki Pardesh notice

बेनी, नेकपा एमालेका महासचिव शंकर पोख्रेलले जातीवादी र अतिवादी शक्तिले परिवर्तनको विरुद्धमा फैलाएको भ्रम चिर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बेनीमा आज नेकपा एमाले म्याग्दीको दशौ जिल्ला अधिवेशन उद्घाटन गर्दै महासचिव पोख्रेलले उनले सरकारलाई दवाव दिन आन्दोलनको तयारी गर्न कार्यकर्तालाई सुझाए । नयाँ शक्तिका नाममा छाडातन्त्र र अराजकताले समाजलाई सही बाटोमा डो¥याउन नसक्ने बताए ।

‘सामाजिक सञ्जालको पपुलरिजमले जनताको समस्या र आवश्यकता बुझ्न सक्दैन भन्ने सन्देश जनतामा लैजानुपर्छ,’ उनले भने ‘राजनीतिक अस्थिरिता र सामाजिक अराजकतानै विकास र सम्बृद्धिको बाधक हो ।’

Shreekrishna hardwear in news

हालै सञ्चालन गरिएको पुर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान मार्फत पहिचान भएका समस्या र सम्भावनाको विषयलाई राजनीतिक मुद्दा बनाउने पोखरेलले बताए ।

Bhautik ministry notice about road

‘पहाडबाट बसाईसराई रोकेर अवसरको सिर्जना गराउनका लागि सरकारलाई सुझाव दिएका छौ,’ उनले भने ‘नेपालको मध्य पहाडलाई सम्बृद्धिको आधारशीलाको रुपमा स्थापित गर्न सकिने विश्वास र मान्यता बनाएका छौ ।’

निर्माण भएका अन्तराष्ट्रिय विमानस्थल सञ्चालन, राज्यलाई कमजोर बनाउने गतीतिबि नियन्त्रण, उत्तरदक्षिण र पुर्वपश्चिम जोड्ने लोकमार्ग, आधारभूत अस्पताल निर्माण सम्बन्धी दुरगामी योजनालाई महत्व दिदै लगानी र सुरक्षाको वातावरण बनाएर युवा पलायन घटाउन नीति लिन सरकारसँग माग गरे ।

जनतामा आशा जगाउदै उनिहरुको समस्या पहिचान र सम्बोधन गराउदै आगामी चुनावमा एकल बहुमत प्राप्त हुने गरि संगठन निर्माणमा परिचालन हुन नेता कार्यकर्ताहरुलाई पोखरेलले निर्देशन दिए । राष्ट्रिय स्वाधिनता, स्वाभिमान, राष्ट्रिय हित र सार्वभौमिकता जोगाउन एमालेको नेतृत्व आवश्यक रहेको उनले बताए ।

सामाजिक न्याय, सुरक्षा र लोककल्याणकारी समतामुलक राज्य अहिलेको आवश्यकता भएको बताउदै एमालेमा शुद्धिकरणसँगै संगठन सुदृढीकरणमा जोड दिएको महासचिव पोखरेलले बताए ।

दुई दिनसम्म चल्ने अधिवेशनबाट जिल्ला कमिटिको नयाँ नेतृत्व चयन हुनेछ् । अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४१९ जना प्रतिनिधिले भाग लिएका एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र कटुवालले बताए ।

अधिवेशनको उद्घाटन अघि बेनी बजारमा नेकपा एमालेका नेता कार्यकर्ताहरुले ¥याली गरेका थिए । एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेश ईञ्चार्ज गोकर्ण विष्ट, केन्द्रिय सचिव पद्यमा अर्याल, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, नेता खगराज अधिकारी, थममाया थापा लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...