गलेश्वर बजार सिसिटिभी क्यामेराको निगरानीमा

Gandaki Pardesh notice

सन्तोष गौतम
बेनी, । म्याग्दीको बेनी नगरपालिका –९ मा रहेको गलेश्वर बजारमा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।

गलेश्वर शिवालय क्षेत्र विकास कोष र पुलत्स्य पुलह अन्न क्षेत्रको लगानीमा जडान गरिएको सिसिटिभीको शुक्रबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले उद्घाटन गर्नुभयो । प्रजिअ ढकालले प्रविधिको प्रयोगले अपराध न्युनीकरण र अनुसन्धानमा सहयोग पुग्ने बताउनुभयो ।

रु. दुई लाख ५१ हजार लगानीमा गलेश्वर बजार प्रवेशद्धार देखि राहुघाट पुल सम्म ६ स्थानमा सिसिटिभी क्यामेरा जडान गरेर गलेश्वर प्रहरी चौकीबाट निगरानी गर्ने व्यवस्था मिलाएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

कोष र अन्नक्षेत्रले आधा आधा खर्च ब्यहोर्ने अन्नक्षेत्रका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मन्दिरमा भक्तजनले चढाएको भेटि परिचालन गरेर बजारको सुरक्षाका लागि सिसिटिभी राखिएको बताउनुभयो ।

कोषले गत वर्ष रु. दुई लाख ३० हजार ७५० खर्च गरेर गलेश्वर बजारमा ५५ वटा सडक बत्ती जडान गरेको थियो । सडक बत्ती जडान गरेपछि बजारको सुरक्षाका लागि सिसिटिभि जडान गरिएको गलेश्वर क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।

Bhautik ministry notice about road

सिसिटिभी मर्मत र सडक वक्तिको विद्युत महशुल पनि मन्दिरको आम्दानीबाट व्यवस्थापन गर्ने सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो । सिसिटिभी र सडक बत्तीले स्थानीयबासी, म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई सुरक्षित र सहज बनाएको बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले बताउनुभयो ।

उहाँले गलेश्वर बजारको भित्रि गल्लीमा ढुङगा छपाएर मौलिक बनाउने योजना अघि सारिएको र त्यसका लागि गलेश्वर विशालय क्षेत्र विकास कोषसँग साझेदारी गर्न प्रस्ताव गर्नुभयो । प्रहरी नायव उपरीक्षक मदन कुँवरले गलेश्वर सहित म्याग्दीका ७६ वटा सिसिटिभी क्यामेरा प्रहरीको निगरानीमा रहेको बताउनुभयो ।

आपराधिक गतिबिधि हुन नदिन र अनुसन्धान गर्न सिसिटिभीले सहयोग गर्ने उहाँले बताउनुभयो ।

गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटि पुजारी, कर्मचारीको तलव, संस्कृत विद्यालय, जेष्ठ नागरिक आश्रम सञ्चालन र पुर्वाधार निर्माणमा परिचालन हुदै आएको छ । भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु. दश करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको छ ।

गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिक रुपमा गनेर सार्वजनिक गर्ने गरिएको छ । कालीगण्डकी नदी किनारको ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टान माथि रहेको गलेश्वरलाई पश्चिमको पशुपति नाथ र मुक्तिक्षेत्रको प्रवेशद्धारको रुपमा चिनिन्छ ।

साउन महिनाको सोमबार, बालाचर्तुदर्शी, महाशिवरात्री पर्वमा विशेष मेला लाग्ने गलेश्वरमा दैनिक पुजाआजा हुन्छ । गलेश्वरमा पुजाआजा र दर्शन गर्नाले पुण्य मिल्नुका साथै मनोकाक्षा पुरा हुने जनविश्वास छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...