जलजलाको बजार क्षेत्र बन्द

Gandaki Pardesh notice

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाको बजार क्षेत्र बुधबारदेखि एक हप्ताका लागि बन्द गरिने भएको छ ।

मंगलबार बसेको पालिका स्तरीय संकट ब्यवस्थापन समितिको बैठकले कोरोना भाइरस फैलिन नदीन कात्तिक १९ देखि २५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । गाउँपालिका, वडा कार्यालय र पालिकाका शाखा कार्यालयबाट अति आवश्यक बाहेकका सेवा बन्द गरिने भएको छ ।

पालिकाको बजार क्षेत्रमा पर्ने वारीबेनी, लामाखेत, मिलनचोक, मोहनचोक, लस्ति बजार र बगरफाँट क्षेत्रका पसल, ब्यवसाय समेत बन्द गरिने गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लद्धारा जारी सूचनामा उल्लेख छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अत्यावश्यक दैनिक उपभोग्य बस्तु आपुर्तिका लागि बिहान ७ देखि १० र बेलुकी ४ देखि ६ बजेसम्म खोल्न पाउने निर्णय भएको छ । राजनीतिक दल र उद्योग वाणिज्य संघ मल्लाज इकाइका प्रतिनिधिको उपस्थितिमा बैठक बसेको थियो ।

छिमेकी बेनी, बागलुङ र कुश्माका साथै जलजलाकै विभिन्न स्थानमा कोरोना संक्रमित भेटिने क्रम बढेपछि आवत जावत रोकथाम र भिडभाड हुन नदिन बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

बेनी बजारमा कात्तिक १४ गतेदेखि २१ गतेसम्म बन्द गरिएको छ । बागलुङमा पनि सोमबारदेखि बजार बन्द भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...