एमाले म्याग्दीको दशौ अधिवेशनको तयारी पुरा

Gandaki Pardesh notice

बेनी। नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको दशौ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ ।

जिल्ला कमिटिको नयाँ नेतृत्व चयनका लागि शुक्रबार देखि बेनीमा अधिवेशन हुन लागेको हो । जिल्ला समन्वय समितिको सभाहलमा हुने अधिवेशनको नेकपा एमालेका केन्द्रिय महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुहुने जनाइएको छ । अधिवेशन स्थल वरपर ध्वजा, पटकाले सिगारिएको छ । स्वागतका लागि प्रवेशद्धार बनाइएको र बजारमा तुल ब्यानर राखिएको छ ।

Bhautik ministry notice about road

अधिवेशनमा भाग लिने प्रतिनिधि छनौटको र आन्तरिक व्यवस्थापन पुरा भएको एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवालले बताउनुभयो । वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४१९ जना प्रतिनिधिले भाग लिनेछन् ।

Shreekrishna hardwear in news

समावेशीमा छुटेकाहरुलाई जिल्ल कमिटीले १२ जना प्रतिनिधि मनोनित गर्ने व्यवस्था समेत रहेको छ । अधिवेशनमा भाग लिनका लागि जिल्लाका ४५ वटै वडाबाट प्रतिनिधि छनौट सकिएको अध्यक्ष कटुवालले बताउनुभयो ।

दशौँ अधिवेशनका लागी “दक्षिणपन्थि अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ, जवजको मार्गदर्शनमा समाजवादको आधार तयार गरौं” भन्ने नारा रहेको छ । म्याग्दीमा एमालेका तीन हजार ४०० पार्टी सदस्य छन् । विभिन्न ७ वटा उपसमिति गठन गरेर अधिवेशनको तयारी गरेको एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...