म्याग्दी कप भलिबल प्रतियोगिता शुरु

Gandaki Ghumau

बेनी, । बेनीमा मंगलबारदेखि प्रथम म्याग्दी कप भलिबल प्रतियोगिता शुरु भएको छ ।

जिल्ला भलिबल संघ म्याग्दीले आयोजना गरेको प्रतियोगितामा अन्तर मावि छात्राछात्रा तथा शिक्षक शिक्षिका बीच भलिबल प्रतिस्पर्धा हुनेछ् । माघ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको छात्र १५, छात्रा १२, शिक्षक २० र शिक्षिकाको ९ वटा विद्यालयका समूहले सहभागिता जनाएका छन् ।

विद्यालय स्तरका खेल प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाले बताउनुभयो । छात्रछात्रातर्फ बिजेता र उपबिजेतालाई रु. ५० हजार र रु. २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

Shreekrishna

शिक्षक शिक्षिकातर्फ बिजेता र उपबिजेतालाई रु. २० हजार र रु. दश हजार नगद सहित ट्रफि, मेडल प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् । विद्यार्थीतर्फको उत्कृष्ट खेलाडीले रु. ५ हजार र शिक्षकतर्फको उत्कृष्ट खेलाडीले रु. २ हजार ५०० नगद पुरस्कार प्रापत गर्नेछन् ।

Gunasthariya Shiksya

समापनका दिन हुने नेपाल प्रहरी र जिल्ला भलिबल संघको मैत्रिपूर्ण खेलमा बिजयी हुनेले रु. दश हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन गदैं प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर) ले विद्यालयस्तरमा देखिएका खेल प्रतिभाको पहिचान, प्रोत्साहन र संरक्षणमा जोड दिनुभयो । प्रतियोगिता सञ्चालनका लागि मुख्या प्रायोजक गौमती विकास कोषले रु. दुई लाख सहयोग गरेको छ ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, गौमती विकास कोषका सन्दिप खत्रीले भलिबलबाट म्याग्दीलाई चिन्ने अवसर मिलेकाले प्रतिभावान खेलाडीमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...